राजपा नेतालाई प्रधानमन्त्री ओलीले भेट्न मानेनन्, देखियो ठुलै खतराको संकेत !



 

सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा ब्यस्त रहेको भन्दै समय नदिएकोमा गुनासो गरेका छन्। विगतमा गरिएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा भेट्न समय नदिएकोमा अक्रोशित भएका छन्।

 

संविधान संशोधन लगायत सरकार गठन हुँदाको समयमा भएको ३ बुँदे सहमति कार्यान्वयनबारे जानकारी लिन राजपा नेताहरुले चासो देखाएपछि समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताए ।

 

संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम नै दिने निर्णय गरेको थियो ।

 

संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाकाबारे विगतमा सरकारसँग निर्णय भएको अध्यक्षमण्डलका संयोजक ठाकुरले बताए ।

 

राजपाका एक नेताका अनुसार सरकारले हामी सँग गरेको सहमतिलार्इ चाँडो भन्दा चाँडो निकास नदिए समर्थन फिर्ता लिने प्रबल सम्भावना रहेको बताए।
सहमति सुनवार्इ नभए समर्थन फिर्ता लिने पार्टीमा आन्तरिक छलफल समेत भइरहेको उनको भनार्इ छ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न