अब डाक्टरको लापर्वाहीले ज्यान गए पाँच वर्ष कैद, लाइसेन्स बिना उपचार गरे तीन वर्ष कैद



हाम्रो इकोनोमि

 

नेपालमा डाक्टरहरुको लापर्वाहीले सर्वसाधरणको अनाहकमा ज्यान जाने क्रम बढी रहेको गुनासो बढिरहेका बेला सरकारले डाक्टरहरुलाई कज्याउने गरी नयाँ नियम लागू गरेको छ ।

 

कसैको उपचार गर्दा पर्याप्त होशियाारी वा सावधानी नअपनाइ लापर्बाही वा हेलचेक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा छ । यदि लापर्बाही गरेर ज्यान गएको वा अङ्गभङ्ग गरेको पाइएमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना, हेलचेक्र्याइँ गरेर मृत्यु वा अङ्गभङ्ग भएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

 

अब चिकित्सासम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता हासिल गरे पनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा यस्तो व्यवस्था गरिएको छ ।

 

यस्तै लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अङ्गभङ्ग भएमा १५ वर्ष कैद र ज्यान गएमा जन्मकैद हुने प्रावधान छ । भनिएको छ, ‘इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्ने, कुनै प्रकारको औषधि खुवाउने, खान सिफारिस गर्ने वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन ।’

 

तर, लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होशियारी अपनाई सानो–तिनो रोग लागेको बिरामीको मानव अङ्गलाई कुनै प्रतिकूल असर पर्ने गरी सामान्य प्रकारको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा नपुग्ने बताइएको छ । यसैगरी कसैले बदनियत राखेर उपचार गर्दा ज्यान गए ज्यान मारेर सरह र अङ्गभङ्ग भए अङ्गभङ्ग गराए सरहको कसुर ठानेर सजाय गरिने प्रावधान छ ।

 

यस्तै मञ्जुरी बिना मानव शरीरमा परीक्षण गर्न कानूनले बन्देज लगाएको छ । मानव शरीरमा कुनै उपचारसम्बन्धि विधि, चिरफार वा औषधि परीक्षण गर्नु पर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होश, ठेगानमा नभएको व्यक्ति भए निजको बाबुआमा वा संरक्षकको मञ्जुरी नलिई त्यस्तो काम गर्न नहुने बताइएको छ ।

 

कसैले आर्थिक लाभ लिने, महिलाको गोपनियता भङ्ग गर्ने, कुनै नियतले कसैको शाररीक परीक्षण गर्ने वा अङ्ग परिवर्तन गर्ने काम गर्न बन्देज गरिएको छ । यस विपरीत परीक्षण गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । यस क्रममा ज्यान गए ज्यान मारे सरह र अङ्गभङ्ग भए अङ्गभङ्ग गरे सरह सजाय हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...