लुटेराको गोली लागी एकजना गम्भीर घाइते, सात तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट



हाम्रो इकोनोमि

 

मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ ।

 

लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।  लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उहाँँलाई गोली हानेको थियो ।

 

श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उहाँलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ । लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट गरेको छ ।

लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो । प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...