करकापमा गर्भपतन गराए जरिवानासहित पाँच वर्षसम्म कैद सजाय



हाम्रो इकोनोमि

 

अब करकापमा गर्भपतन गराएमा पाँच वर्षसम्मको कैद सजाय हुने भएको छ । सरकारले हालै मात्र संसदमा पेश गराएको विधेयकमा करकापमा गर्भपतन गराएमा पाँच वर्ष कैद सजाय हुने उल्लेख गरिएको छ ।

 

विधेयक अनुसार करकापमा गर्भपतन गराएमा मुलुकी अपराध संहिताको दफा १८८ बमोजिम कारबाही हुनेछ ।

 

संहिता अनुसार १२ हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

 

२५ हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

 

त्यस्तै लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई पनि तीन महिनादेखि ६ महिनासम्म कैद हुनेछ । लिङ्ग पहिचान र लिङ्ग पहिचान पछिको गर्भपतन दुबै दण्डनीय हुने जनाइएको छ ।

 

यस्तै, प्रसूति सेवाबाट इन्कार गरेमा, उपचार सम्भव हुँदाहुँदै अन्य स्वास्थ्य संस्थामा रिफर गरेमा पनि कसुर हुनेछ । यस्ता कसुरमा ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । कसुर हेरी दुवै सजाय पनि हुन सक्नेछ। जन्मको प्रमाणपत्र नदिएमा कसुरदारलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...