करकापमा गर्भपतन गराए जरिवानासहित पाँच वर्षसम्म कैद सजाय



हाम्रो इकोनोमि

 

अब करकापमा गर्भपतन गराएमा पाँच वर्षसम्मको कैद सजाय हुने भएको छ । सरकारले हालै मात्र संसदमा पेश गराएको विधेयकमा करकापमा गर्भपतन गराएमा पाँच वर्ष कैद सजाय हुने उल्लेख गरिएको छ ।

 

विधेयक अनुसार करकापमा गर्भपतन गराएमा मुलुकी अपराध संहिताको दफा १८८ बमोजिम कारबाही हुनेछ ।

 

संहिता अनुसार १२ हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

 

२५ हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

 

त्यस्तै लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई पनि तीन महिनादेखि ६ महिनासम्म कैद हुनेछ । लिङ्ग पहिचान र लिङ्ग पहिचान पछिको गर्भपतन दुबै दण्डनीय हुने जनाइएको छ ।

 

यस्तै, प्रसूति सेवाबाट इन्कार गरेमा, उपचार सम्भव हुँदाहुँदै अन्य स्वास्थ्य संस्थामा रिफर गरेमा पनि कसुर हुनेछ । यस्ता कसुरमा ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । कसुर हेरी दुवै सजाय पनि हुन सक्नेछ। जन्मको प्रमाणपत्र नदिएमा कसुरदारलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...