इन्काउन्टरमा मारीने डरले प्रहरीको हत्यारा २ नम्बर परदेशका राज्यमन्त्री अभिराम शर्मा आत्मसर्मपण गर्ने तयारी



 

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश—२ का राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर हुने भएका छन् । राष्टिय जनता पार्टीका तर्फबाट राज्यमन्त्री भएका उनलाई उच्च अदालत जनकपुरले प्रक्राउ गरी सम्वन्धित अदालतमा बुझाउन परामदेश जारी गरेपछि शर्मा अदालतमा हाजिर हुने तयारी गरेका हुन् ।

 

असइ हत्याका आरोपित राज्यमन्त्री शर्माले अदालतको सम्मान गर्ने बताउदै आफु चाँडै अदालतमा हाजिर हुने जानकारी दिनुभयो । राज्यमन्त्रीबाट राजीनामा नदिई अदालतमा हाजिर हुने पनि उहाले स्पष्ट पार्नुभएको छ । यसैविच, राजपा अध्यक्षमण्डलले असइ हत्याकाण्डका आरोपितलाई अदालतमा हाजिर हुन निर्देशन समेत दिएको छ । अध्यक्षमण्डलको बुधबारको बैठकले प्रदेश राज्यमन्त्री शर्मासहित मुद्दा लागेका सबै आरोपितलाई अदालतमा हाजिर हुन निर्देशन दिएको हो ।

 

अध्यक्षमण्डलका ६ जना नेताकै सहभागितामा भएको बैठकले अदालतको सम्मानका लागि आरोपितलाई हाजिर हुन निर्देशन दिएको एक पदाधकिारीले जानकारी दिनुभएको छ । अध्यक्षमण्डलका सबै नेता अदालतको फैसलाकै पक्षमा छन् ।

 

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा राज्यमन्त्री शर्मासहित २८ जनाविरुद्ध मुद्दा लागेको छ । २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा असइ विकको हत्या भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । महोत्तरी ३ को प्रदेशसभा (१) बाट निर्वाचित शर्माले प्रदेश सरकारमा सामाजिक विकास राज्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।

 

महोत्तरी जिल्ला अदालतमा विचाराधीन मुद्दामा शर्मासहित जलेश्वर–६ का रमेशप्रसाद साह, सतीशनन्द चौधरी, राजा चौधरी, नरेश साह, रामराजा साह, हरिओमकुमार भगत, बिक्की साह, जलेश्वर–९ का चन्देश्वर साह, गोलु साह, रवीन्द्रराम चमार, रञ्जित साह, देवेन्द्र चौधरी, पवन कापडी, अनिल ठाकुर, फुले यादव, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, कौशलकुमार यादव, लक्ष्मी महतो, धमेन्द्र राय, रामशंकर मि श्र, सुरेश पाण्डेसहितकालाई अभियुक्त बनाइएको छ ।

 

विककी पत्नी शोभा गहतराजले २०७४ चैत २८ गते जिल्ला प्रहरी कार्यालय र त्यसका कार्यालय प्रमुखलाई विपक्षी बनाउँदै परमादेशका लागि उच्च अदालतमा निवेदन दिएकी थिइन् । उक्त निवेदनमाथि सुनुवाइ गर्दै २९ चैतमा उच्च अदालत जनकपुरका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई १५ दिनभित्र सरकारी वकिलको कार्यालय जनकपुरमार्फत लिखित जवाफ पेस गर्न परमादेशसमेत जारी गरेको थियो ।

 

प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार असइ विकलाई आन्दोलनकारीले नियन्त्रणमा लिई लाठी, भाटा, लात्ती, मुक्काले हानी गम्भीर घाइते बनाएका थिए । प्रहरीले विकलाई उद्धार गरी उपचारका लागि जलेश्वर पु¥याएका थिए । उनलाई थप उपचारका लागि जनकपुर ल्याइँदै गरेका बेला आन्दोलनकारीको समूहले प्रकौली चोकमा पुगेर बाटो अवरुद्ध गरी ढुंगामुढा गरेको थियो । एम्बुलेन्स नरोकी भ्रमरपुरा गाउँको बाटो भई जाने क्रममा पुनः अवरोध भएपछि कुरुवा र प्रहरी डराएर भागेपछि विक पनि भाग्न खोजेका थिए । सोही क्रममा उनलाई आन्दोलनकारीले कुटपिट गरी मारेको प्रतिवेदनमा उल्लेख छ । यो समाचारको तस्वीरमा यस अडगाडी काँग्रेस नेता कृष्ण सिटौलाको फोटो भुलबस गएकोमा क्षमामाग्न चाहन्छौ । सम्पादक

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न