गुणस्तरहिन सिमेन्ट बेचेरे उपभोत्ता ठग्ने सगरमाथा सिमेन्टमा सिलबन्दी



हाम्रो इकोनोमि

 

गुणस्तरहिन सिमेन्ट बेच्ने गरेको खुलासा भएपछि सगरमाथा सिमेन्टको परिक्षण प्रतिवेदन नआउदासम्म विक्री वितरणमा रोक लगाइएको छ । दाङको घोराहीबाट उत्पादित सो सिमेन्ट ‘गुणस्तरहीन’ भएको घटना सार्वजनिक भएपछि गुणस्तर तथा नाप तौल विभागले विहीवार परिक्षण प्रतिवेदन नआउँदा सम्मको लागि उत्पादन र विक्रि वितरणमा रोक लगाएको हो ।

 

गुणस्तर तथा नाप तौल विभागको टोलीले दाङको घोराहीस्थित उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको नमुना परिक्षणका लागि काठमाडौं लगेको छ । टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते तुलसीपुर क्षेत्रमा बिक्री भएको सिमेण्टका नमूना परीक्षणका लागि लिएको छ ।

 

विभागका निर्देशक मनोजकुमार उपाध्यायले नमुना काठमान्डौं लगेर परिक्षण गरिने र त्यसको प्रतिवेदन नआउँदा सम्म उत्पादन तथा विक्रि वितरणमा पूर्णरुपमा रोक लगाएको जानकारी दिनुभयो ।

 

विभागका मेकानिकल ईन्जिनियर उमेशकुमार यादवले प्रतिवेदन सार्वजनिक हुन झन्डै एकदेखि डेढ महिनाको समय लाग्न सक्ने जानकारी दिनुभयो । बर्दियामा सगरमाथा सिमेण्ट प्रयोगका क्रममा कमसल भएको उजुरी परेपछि परिक्षण गर्दा ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया प्रशासनले दाङ प्रशासनलाई पत्र लेखी सिमेण्टमा भेटिएको कमजोरीबारे जानकारी गराएको थियो । उद्योगले दैनिक २ हजार टन सिमेण्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...