गुणस्तरहिन सिमेन्ट बेचेरे उपभोत्ता ठग्ने सगरमाथा सिमेन्टमा सिलबन्दी



हाम्रो इकोनोमि

 

गुणस्तरहिन सिमेन्ट बेच्ने गरेको खुलासा भएपछि सगरमाथा सिमेन्टको परिक्षण प्रतिवेदन नआउदासम्म विक्री वितरणमा रोक लगाइएको छ । दाङको घोराहीबाट उत्पादित सो सिमेन्ट ‘गुणस्तरहीन’ भएको घटना सार्वजनिक भएपछि गुणस्तर तथा नाप तौल विभागले विहीवार परिक्षण प्रतिवेदन नआउँदा सम्मको लागि उत्पादन र विक्रि वितरणमा रोक लगाएको हो ।

 

गुणस्तर तथा नाप तौल विभागको टोलीले दाङको घोराहीस्थित उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको नमुना परिक्षणका लागि काठमाडौं लगेको छ । टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते तुलसीपुर क्षेत्रमा बिक्री भएको सिमेण्टका नमूना परीक्षणका लागि लिएको छ ।

 

विभागका निर्देशक मनोजकुमार उपाध्यायले नमुना काठमान्डौं लगेर परिक्षण गरिने र त्यसको प्रतिवेदन नआउँदा सम्म उत्पादन तथा विक्रि वितरणमा पूर्णरुपमा रोक लगाएको जानकारी दिनुभयो ।

 

विभागका मेकानिकल ईन्जिनियर उमेशकुमार यादवले प्रतिवेदन सार्वजनिक हुन झन्डै एकदेखि डेढ महिनाको समय लाग्न सक्ने जानकारी दिनुभयो । बर्दियामा सगरमाथा सिमेण्ट प्रयोगका क्रममा कमसल भएको उजुरी परेपछि परिक्षण गर्दा ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया प्रशासनले दाङ प्रशासनलाई पत्र लेखी सिमेण्टमा भेटिएको कमजोरीबारे जानकारी गराएको थियो । उद्योगले दैनिक २ हजार टन सिमेण्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...