विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न पाएनः मन्त्री अर्याल



हाम्रो इकोनोमि

 

भूमि व्यव्स्थापन, सहकारी एवम् गरीबी निवारणमन्त्री पद्मा अर्यालले विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न नपाएको गुनासो गरेकी छन् ।

विपक्षीले संसद अबरुद्ध गर्ने, अदालतमा रिट हाल्ने लगायतका काम गर्दा सरकारले सोंचेजस्तो काम गर्न नसकेको उनले बताइन् । यद्यपि, सरकारको काम सन्तोषजनक नै रहेको उनको दाबी छ ।

 

शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अर्यालले सरकारलाई काम गर्न नदिन बिपक्षीले बिना एजेण्डासंसद अबरुद्ध गरेको आरोप लगाइना्. ‘चुनाव हारेका प्रतिष्पर्धीहरुलाई छटपटी भइरहेको छ, उनीहरु सरकारलाई काम गर्न नदिने प्रयासमा छन्, केहि गरौं भन्यो गर्नै दिदैनन्’ उनले भनिन्, ‘सानो सानो विषयमा समेत बिपक्षीले संसद अबरुद्ध गरेर काम गर्नै दिएनन् ।’

 

सांसदलाई बोल्न नदिएको सामान्य विषयमा समेत बिपक्षीले संसद अबरुद्ध गरेको उनको आरोप छ । तर, अब सँधै यसरी नचल्ने भन्दै यसलाई पराजित गरेर चुनावताका जनतालाई बाँडेको समृद्धि र विकासको सपना पूरा गर्ने गर्न सरकार अगाडि बढ्ने उनले उल्लेख गरिन् ।

मन्त्री अर्यालले सरकार बनेको ४ महिना मात्र भएको बताउँदै अहिले नै मूल्यांकन गर्ने बेला नभएको बताइन् ।

 

दीर्घकालीन योजना अघि नसारी निर्माणमा मात्र जुटेको भए अहिले रिजल्ट देखिसक्ने दाबी गर्दै उनले भनिन्, ‘सरकार बनेको ४ महिना मात्रै भएको छ, अहिले नै यो सरकारको रिजल्ट हेर्ने र त्यसको आधारमा मूल्यांकन गर्ने बेला भएको छैन ।’ उनले वर्तमान सरकारलाई काम नगर्ने छुट नभएको बताउँदै चाँडै नै जनताले परिवर्तनको महसुस गर्नेगरी रिजल्ट आउने दाबी गरिन् ।

 

स्थानिय सरकारले जथाभावी कर बढाएको व्यापक गुनासो आएको बताउँदै यसलाई संघीय सरकारले सच्याउने मन्त्री अर्यालले बताइन् ।

‘जनताले कर त तिर्नैपर्छ । तर एकैपटक धेरै बढाएको व्यापक गुनासो आएको छ, यसरी जथाभावी बढाएको कर संघीय सरकारले सच्याउँछ’ उनले भनिन्, ‘स्थानिय सरकारलाई जथाभावी कर नबढाउन सचेत पनि गराउँछ ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...