इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः गृहमन्त्री



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घण्टामा निस्तेज पार्न  सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर  हल्ला मात्र भएको समेत बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीलाई  इन्काउन्टरमै मारिएको दाबी गरे ।

 

फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले अाफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’

गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै भने-  ‘२४ घण्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो । ’

यसैवीच गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकेदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकेदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले बताए ।

 

अघिल्लो दिन छानविन, भोलिपल्ट ‘मूल कुरा’

गृहमन्त्री थापाले विहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका थिए । तर, त्यसबारे छानविन नगर्दै शुक्रबार गृहजिल्ला चितवन पुगेका मन्त्री बादलले त्यो ‘फेक इन्काउन्टर’ नभएको ठोकुवा गरेका हुन् ।

 

भक्तपुरमा बालक निशान खड्काको अपहरणपछि हत्या हुँदा र त्यसपछि प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा गृहमन्त्री थापा नेपालमा थिएनन् । त्यसबेला मन्त्री थापा इण्डोनेसियाको बालीमा आयोजित एक कार्यक्रममा भाग लिन गएका थिए ।

गृहमन्त्री थापा आफैंले अपराधीहरुलाई निस्तेज पारिनु ‘मूल कुरा’ भएको बताइसकेपछि अब विहीबार उनैले संसदीय समितिलाई दिएको छानविनको आश्वासन भने कार्यान्वयनमा नजाने संकेत देखिएको छ

 

गृहमन्त्री नेपाल फर्केर आइसक्दा नसक्दै प्रहरीले गरेको ‘इन्काउन्टर’ विवादमा परेको थियो । मारिएका अपहरणकारीका परिवारले मानवअधिकार आयोगमा समेत पुगेर यस विषयमा छानविन गर्न माग गरेका थिए ।

 

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय पनि यसबारे छानविन समिति गठन गर्नेमा नकारात्मक थिएन । र, सोही अनुसार गृहमन्त्री थापालाई सुरुमा इन्काउन्टरबारे छानविन समिति गठन गरिनुपर्ने बि्फङ भएको थियो । र, प्रहरी हेडक्वार्टरको सोही लाइनमा टेकेर मन्त्री थापाले विहीबार संसदीय समितिको बैठकमा इन्काउन्टरबारे छानविन हुने वचन दिए ।

 

यसैवीच विहीबार नै महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रतापसिंह ले गृहमन्त्री थापासँग भेट गरे । सिंह नेतृत्वको टोलीले गृहमन्त्रीलाई बि्रफिङ गर्दै भन्यो कि त्यो घटना फेक एन्काउन्टर होइन, साँच्चैको इन्काउन्टर नै हो ।

 

सम्भवतः मन्त्री थापा महाशाखाको भनाइमा कन्भिन्स भएकैले शुक्रबार उनले भरतपुर विमानस्थलपुगेपछि अपराधीहरुलाई ठाउँको ठाउँ मारिनु फेक इन्काउन्टर नभएको स्पष्टीकरण दिएका हुन् ।

 

गृहमन्त्री थापा आफैंले यो फेक इन्काउन्टर नभएको र अपराधीहरुलाई निस्तेज पारिनु ‘मूल कुरा’ भएको बताइसकेपछि अब विहीबार उनैले संसदीय समितिलाई दिएको छानविन समिति गठनको आश्वासन भने कार्यान्वयनमा नजाने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...