लुटेराले गोली हान्यो, पुष्पलाल गम्भीर, लाखौंको लुटपाट



हाम्रो इकोनोमि

 

मिथिला नगरपालिका– ८ जमुनिबासमा बिहिबार राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

 

लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहिबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनलाई गोली हानेको थियो ।

श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ ।

 

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताए । प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...