यस्तो छ आइतबारसम्मको मौसमको स्थिति, सामान्यदेखि अतिभारी वर्षा



हाम्रो इकोनोमि

मौसम पूर्वानुमान महाशाखाले साउन २५ गते शुक्रबारदेखि आइतबारसम्मको मौसमको पूर्वानुमान गरेको छ । पूर्वानुमा अनुसार सामान्यदेखि भारी वर्षाको अनुमान गरिएको छ ।

त्यसैगरी नदीहरुमा समेत बहाव खतराको घण्टीसम्म पुग्ने पूर्वानुमान गरिएको छ ।

शुक्रबार–दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। शुक्रबार दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ भने शुक्रबार राति पश्चिमका केहि स्थानहरुमा तथा पुर्व र मध्यका एक–दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

साउन २६ गते शनिबार– देशका विभिन्न स्थानहरुमा दिउँसो र राति सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

शनिबार राति पश्चिमका केही स्थानहरुमा र पुर्व  र मध्यका एक वा दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।

साउन २७ गते आइतबार – देशभर सामान्यदेखि पूर्ण बदली रही दिउँसो केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पश्चिमका केही स्थानहरुमा स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।

आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। आइतबार राती पश्चिमका केही स्थानहरुमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

नदीहरुमा पनि पानीको बहाव बढ्ने खतरा पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका अनुसार शनिबार र आइतबारदेखि प्रायः नदीहरूमा बहाव  सतर्कता र केहिमा खतरा तह आसपास हुने पूर्वानुमान गरिएको छ ।

निन्दा, बिरिङ कन्काई, कमला, खाडो, गागन, रातु, त्रियुगा, लालबकैया, लोथर, मनहरी, रिउखोला, पुर्विराप्ती, बाणगंगा, अरूणखोला, बिनयखोला, तिनाउ, बाणगङगा, मोहना, मछेली लगायत तराईमा सतर्क रहन आग्रह समेत गरिएको छ ।

बिहान ५ बजे सप्तकोशी नदी चतराको बर्षा मापन केन्द्रमा विगत ३ घण्टामा करिव १५० मिमि बर्षा भएको छ ।

सप्तकोसीको चतरा र तल्लो तटिय क्षेत्रमा बहाव खतरा भन्दा तलै छ तर आसपासको पहिरो ग्रस्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको...