सेनाको आक्रमणमा परी २९ बालबालिकाको मृत्यु



हाम्रो इकोनोमि

 

साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको ज्यान गएको छ । हवाइ आक्रमणमा परी मृत्यु हुनेहरु १५ वर्ष मुनिका हुन् ।

४८ जना घाइते भएमध्ये त्यसमा ३० बालबालिका पनि परेको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ ।

 

उत्तरी यमनको शाद इलाकाको बजार क्षेत्रमा गुडिरहेको बसमा सवार बालबालिका आक्रमणमा परेका हुन् । साउदी गठबन्धनले हुथी विद्रोहीविरुद्व लडिरहेको यमन सरकारलाई समर्थन गरिरहेको छ ।

 

बालबालिका मार्नुलाई हुथी विद्रोहीविरुद्व कारबाही गरिरहेका समूहले सही ठहर्याएका छन् । हुथी विद्रोहीले गरेको ब्यालेष्टिक मिसाइलको जवाफमा आफुहरुले प्रत्याक्रमण गरेको भन्दै गठबन्धन समूहले यसलाई अन्तर्राष्ट्रिय कानुन अनुरुपकै भएको बताएका छन् ।

गठबन्धन सेनाले स्कुल, बजार, अस्पताल र आवासीय क्षेत्रलाई निशाना बनाउने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...