सेनाको आक्रमणमा परी २९ बालबालिकाको मृत्यु



हाम्रो इकोनोमि

 

साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको ज्यान गएको छ । हवाइ आक्रमणमा परी मृत्यु हुनेहरु १५ वर्ष मुनिका हुन् ।

४८ जना घाइते भएमध्ये त्यसमा ३० बालबालिका पनि परेको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ ।

 

उत्तरी यमनको शाद इलाकाको बजार क्षेत्रमा गुडिरहेको बसमा सवार बालबालिका आक्रमणमा परेका हुन् । साउदी गठबन्धनले हुथी विद्रोहीविरुद्व लडिरहेको यमन सरकारलाई समर्थन गरिरहेको छ ।

 

बालबालिका मार्नुलाई हुथी विद्रोहीविरुद्व कारबाही गरिरहेका समूहले सही ठहर्याएका छन् । हुथी विद्रोहीले गरेको ब्यालेष्टिक मिसाइलको जवाफमा आफुहरुले प्रत्याक्रमण गरेको भन्दै गठबन्धन समूहले यसलाई अन्तर्राष्ट्रिय कानुन अनुरुपकै भएको बताएका छन् ।

गठबन्धन सेनाले स्कुल, बजार, अस्पताल र आवासीय क्षेत्रलाई निशाना बनाउने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...