विराट मेडिकल कलेजमा डाक्टरको लापरवाहीले सुत्केरीको ज्यान गयो, अस्पताल तनाबग्रस्त



हाम्रो इकोनोमि

 

मोरङमा डाक्टरको लापरबाहिका कारण एक गर्भवती महिलाको ज्यान गएको छ । बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा डाक्टरको लापरवाहिले इटहरी १३ खनारकी २५ वर्षिय गर्भवती महिला सगिरा खातुनको ज्यान गएको हो ।

 

डाक्टरका लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तहरु लगायतले नाराबाजी गर्दै अस्पताल घेराउ गरी अस्पतालको मुल गेट नै बन्द गराएका छन् ।

 

एक हप्ता अघि अस्पतालमा आएकी महिलाको बुधबार राती नै मृत्यु भएतापनि डाक्टरहरुले बिहिबार मात्रै खबर गरेपछि उनीहरुले अस्पतालमै नाराबाजी गरेका हुन् । मृतकका आफन्तले अस्पताल घेराउ गर्दा स्थिति तनावग्रस्त बनेको छ ।

 

यसअघि पनि पटक–पटक विराट मेडिकल कलेज टिचिङ अस्पतालले धेरै मानिस मारिसकेको भन्दै मृतकका परिवारले यस पटक कुनै मिलापत्र नगर्ने बताएका छन् । उनीहरुले अस्पताल नै बन्द गराउने चेतावनी समेत दिएका छन् ।

 

मृतक महिलाको काका ससुरा समिम अख्तरका अनुसार, सगिरा खातुनलाइ उच्च रक्तचापको समस्या भएको थियो । ‘डेलीभरी गराउने समय २ महिना बाँकी हुँदा डाक्टरहरुले अपरेशन गराएपछि मृत्यु भएको हो’ उनले भने ।

 

महिलाका आफन्तले चिकित्सकको लापरबाहिले महिलाको मृत्यु भएको भन्दै आन्दोलन सुरु गरेका हुन् । उनीहरुले बिहीबार बिहानदेखि अस्पतालमा धर्ना दिएका छन् ।

 

स्थिति तनावग्रस्त भएपछि अस्पतालमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

उता अस्पताल प्रशासनले भने महिलालाइ भेन्टिलेटरमा राख्नुपर्छ भन्दा आफ्न्तहरुले नै नमानेपछि मृत्यु भएको जिकिर गरेको छ । प्रशासनका अनुसार बच्चा भेन्टिलेटरमा सुरक्षित रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...