सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर , १ वर्ष कैद सजायँ



हाम्रो इकोनोमि

गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो ।

 

अदालतका रजिष्टार नारायण पोखरेलले अनलाइनखबरलाई दिएको जानकारी अनुसार लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको छ ।

 

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको उनले बताए ।

 

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो । हाल लामा केन्द्रीय कारागारमा छन् । उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पेस्तोलसहित पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...