वैद्यको साथ विप्लवले पाएपछि बनायो यस्तो खतरनाक योजना, गृहमन्त्रीको गयो सातो



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा नेपाल बन्दसहितका कार्यक्रम घोषणा सर्थक बनाउन विभिन्न योजनाहरु बनाइरहेको छ ।

 

स्रोतका अनुसार ५ दिने कार्यक्रमलार्इ सार्थक बनाउन विप्लव नेतृत्व समूहले आफ्न नेता तथा कार्यकर्ताहरुलार्इ कडा निर्देशन दिएको छ।

 

पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बन्दैका कार्यक्रम सार्वजानिक गरेको हो।

 

पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।

 

विप्लवले जारी गरेको विज्ञप्तिमा साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ।

 

विप्लवले काठमाडौँको दक्षिणकालीबाट स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको दावी पनि गरेका छन् ।

विप्लवले विनाशर्त नेता रिहाइ नगरे पार्टी फासीवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

 

त्यसै अनुरुप नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पनि विप्लवलार्इ साथ दिदैँ सरकारको यस्तो रवैयाको विरोध गरेका छन्। उनले पनि बुधबार विज्ञप्ति जारी गर्दै आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरूलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण, निन्दनीय र दुःखद विषय भएको उल्लेख गरेका छन् ।

 

उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्डलगायत सबै नेता तथा कार्यकर्ताहरूको विनाशर्त अविलम्ब रिहा गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा नेपाल बन्दसहितका कार्यक्रम घोषणा गरेको छ।

 

उक्त नेपाल बन्दसहितका कार्यक्रम ५ दिन गर्ने तयरी गरेको विज्ञप्ति जारी गर्दै विप्लवले सार्वजनिक गरेको छ। पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बन्दैका कार्यक्रम सार्वजानिक गरेके हो।

 

पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।नेपालपानाले जनाएको छ ।

 

विप्लवले जारी गरेको विज्ञप्तिमा साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ।

 

विप्लवले काठमाडौँको दक्षिणकालीबाट स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको दावी पनि गरेका छन् ।

विप्लव र वैद्यले संयुक्त रुपमा विनाशर्त नेता रिहाइ नगरे पार्टी फासीवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...