धनुषाको खजुरीसम्म आइपुग्यो रेल, प्रधानमन्त्री ओलीको सपना यसरी पूरा हुँदै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले केही समय अघि नेपालमा रेल, घरघरमा ग्यासको पाईप र पानीजहाजको कुरा गर्दा सबैले हाँसोमा उडाउने गरेका थिए । अब ति सपनाहरु सबै विस्तारै साकार हुने क्रममा छ ।

भर्खर मात्र जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको पहिलो परीक्षण सञ्चालन बुधबार भारतीय पक्षबाट गरिएको छ ।

 

निर्माणाधीन रेलमार्गअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म ८।५ किलोमिटर रेल सञ्चालन गरिएको हो ।

भारतीय रेल सञ्जालबाट जोडेर भारतबाटै उपलब्ध इन्जिन नेपालको खजुरीसम्म परीक्षण सञ्चालन गरिएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले जानकारी दिए । भारतीय रेल्वेकै चालक र प्राविधिकको रेखदेखमा १० किलोमिटर प्रतिघण्टा भित्रैको गतिमा रेल परीक्षण सञ्चालन भएको थियो ।

पहिलो चरणमा इन्जिन चलाएपछि दोस्रो चरणमा मालबोगी चलाएर पनि परीक्षण गरिएको हो । कात्तिकसम्म भारतीय पक्षले कुर्थासम्म रेल गुडाउने लक्ष्य राखेको छ ।

हाल निर्माणाधीन ६९ किलोमिटरको ब्रोडगेज मार्गमध्ये तीन किमि भारतमा र बाँकी खण्ड नेपालमा पर्छ । पहिलो चरणमा भारतको इरकोन कम्पनीले जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर रेलवे ट्र्याकका साथै अन्य पूर्वाधार करिब तयार पारिसकेको छ । जयनगर–कुर्थाखण्डमा ट्र्याक ओछ्याउनेदेखि पुल–पुलेसा, रेल स्टेसन, हल्ट निर्माणजस्ता सिभिलतर्फका काम करिब पूरा भइसकेको जनकपुरस्थित रेल विभागको कार्यालयले जनाएको छ । जनकपुरदेखि कुर्थासम्म अक्टोबरदेखि रेल सञ्चालन गर्ने लक्ष्य छ ।

यस्तै, दोस्रो चरणमा मार्च २०१९ देखि धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि र त्यही वर्षको डिसेम्बरसम्म बिजलपुरादेखि बर्दिवाससम्म १७ किमि रेलमार्ग सञ्चालनमा ल्याउने लक्ष्य छ । भारत सरकारले इन्जिन र डिब्बा उपलब्ध नगराउने भएपछि नेपाल सरकारले भाडामा लिएर भए पनि रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

कुल ७० किलोमिटर रेलमार्ग निर्माणका लागि भारत सरकारले सात सय करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...