नेपालले चीनलाई बेच्यो ११ लाखको चिप्लेकिरा



हाम्रो इकोनोमि

 

२०७४ को साउनदेखि असारसम्मको १२ महिनाको अबधीमा नेपालले चीनलाई ११ लाख १५ हजार रुपैयाँको चिप्लेकिरा बेचेको छ । यो अबधिमा, ९ हजार ६ सय १ किलो चिप्लेकिरा चीन निर्यात गर्दा ११ लाख १५ हजार रुपैयाँ आम्दानी भएको भन्सार विभागले जनाको छ । यो हिसाबले, चिप्लेकिरा किलोको १ सय १६ रुपैयाँको दरले बिक्री भएको छ ।

 

जमिनमा बस्ने चिप्लेकिरादेखि सफा पानीमा बस्ने र समुद्री चिप्लेकिरा चीन सहित स्पेन, फिलिपिन्स, मोरक्को, नाइजेरिया, अल्जेरिया, क्यामरुन, फ्रान्स, इटली, पोर्चुगल, ग्रीस, बुग्लेरिया, बेल्जियम, भियतनाम, लाओस, कम्बोडिया, साइप्रस, घाना, माल्ट र नेपालका तराई क्षेत्रमा समेत खाने गरिएको पाइन्छ । तर नेपालले भने यसको निर्यात चीनमा मात्रै गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
यौनबद्र्धक खुराक
विश्वका विभिन्न मुलुकमा चिप्लेकिराको परिकार बनाएर खाइन्छ । यसका अतिरिक्त चिप्लेकिरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छ । यसका साथै ताकत बढ्छ । नेपालका ग्रामिण भेगमा पहिलेदेखि चिप्लेकिरा र यसको फुल औषधीको रुपमा खाने चलन छ । केही ठाउँमा गोरुलाई खुराकका रुपमा चिप्लेकिरा खुवाउने गरिन्छ । चिप्लेकिरा खाएमा यौन शक्ति बढ्ने आयुर्बेदिक चिकित्सकहरुको दाबी छ ।

 

विश्वका केही मुलुकमा महामारी नियन्त्रणका लागि समेत चिप्लेकिराको प्रयोग भएको पाइन्छ । सन् १८०० को दशकमा स्कटल्याण्डमा प्लेग फैलिएको बेलामा चिप्लेकिरालाई खानाको रुपमा प्रयोग गरेको इतिहास छ ।

 

चिप्लेकिराको प्रयोग सौन्दर्य सामग्री बनाउन समेत प्रयोग गर्ने गरेको पाइन्छ । अनुहारको चाउरीपना र दाग हटाउनका साथै छालाको सुख्खापन हटाउनका लागि बनाइने सौन्दर्य सामग्रीमा चिप्लेकिरा प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...