झापामा मात्र एक बर्षमा ५१२ महिला र बालबालिका हराए, २६७ जना मात्र फेला परे



हाम्रो इकोनोमि

 

खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ ।
वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् ।

 

जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन परेका ३६६ महिलामध्ये २६७ जना मात्र फेला परेको प्रहरीले जनाएको छ । उनान्सय महिला अझै बेपत्ता छन् । हराउनेमा ४४ बालकमध्ये ३६ फेला परेका छन् भने आठ जना फेला परेका छैनन् ।

 

सोही अवधिमा १०२ बालिकामध्ये ८५ जना फेला परेका छन् भने १६ बालिका अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा विगत चार वर्षमा हराएका भेटिने कमै मात्रामा छन् । आव २०७१ । २०७२ मा हराएका ३३० महिलामध्ये १६० मात्र भेटिएका छन्, जसमा १७० जना अझै बेपत्ता छन् ।

 

त्यस्तै २०७२ । २०७३ मा महिला तथा बालबालिका ३५५ जना हराएको निवेदन परेकामा २३६ फेला परेको प्रहरीले जनाएको छ । तिनमा ११९ अझै बेपत्ता छन् । आव २०७३ । २०७४ मा हराउने महिला तथा बालबालिका ४२८ थिए जसमा फेला परेका २७६ छन् । एक सय ५२ जना अझै बेपत्ता छन् । जिल्लाका विभिन्न इलाका प्रहरीमा निवेदन परे पनि फेला पर्नेको सङ्ख्या भने कम छ ।

 

महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएकी महिला अगुवा भोजकला दवाडीले नेपाली महिला वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा घरेलु कामदारका लागि भारतीय बाटो हुँदै जानेको गरेको बताउनुभयो । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सीमाना भएका कारणले गर्दा महिला हराउने क्रम बढेको हो ।

रोजगारीमा लगाइदिन्छु भनेर प्रलोभनमा पारेर भारतका विभिन्न शहरमा नेपाली चेलीहरु बेचिएकाले पनि कम मात्रामा फेला पर्ने गरेको प्रहरीको भनाइ छ । सामाजिक सञ्जालले गर्दा पनि बढी मात्रामा युवती प्रेममा पर्ने र झुटो विवाहका सम्बन्धमा पारेर नेपाली चेलीहरु भारतमा बेचिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...