यस्तो छ म्यानपावरको ठगी धन्दा, मेरिडिएनको, इनोभेटिभ र साकुराले ठगे एक करोड ५० लाख, सञ्चालक भागेपछि पीडितको बिचल्ली



 

म्याडम, हामीलाई ठग्ने मान्छे भेटियो त ?’

‘हामीले एकवर्ष अघि नै प्रहरीलाई पक्राउ गर्न आदेश दिइसकेका थियौं । तर प्रहरीले फेला पारेको छैन । म्यानपावर सञ्चालक अलिहेसम्म बेपत्ता छन् ।’

‘कहिले समातिन्छ त हामीलाई ठग्ने मान्छे ?’

‘प्रहरीले पनि खोजिरहेको छ । म्यानपावरवाला सम्पर्कमा आएपछि हामी तपाईंलाई खबर गर्छौं ।’

वैदेशिक रोजगार विभाग उजुरी तथा अनुसन्धान शाखाकी अनुसन्धान अधिकृत इन्दु घिमिरेसँग यति सबालजवाफ गरेपछि सिन्धुलीका वीरबहादुर वाइबा मलिन अनुहार लिएर बाहिर निस्किए ।

उनको यस्तो नियति ४/५ पटक दोहोरिइसकेको छ ।

…..

वीरबहादुर दुबई पठाइदिन्छु भन्दै मेरिडिएन एसोसिएट्स प्रा.लि नामको म्यानपावर कम्पनीले ५० हजार लियो । २०७४ साल वैशाखमा नै विदेश उडाइदिन्छु भनेका म्यानपावर सञ्चालक इन्द्रकुमार राईले वाइबालाई सात महिनासम्म भिषा आउँदैछ  भनेर टारे । वाइबासँगै उनका अन्य ४ जना साथीहरू सिन्धुलीका विशाल चौधरी, रामबहादुर घलान र अन्य दुई जनाले पनि ५०/५० हजार बुझाएका थिए ।

 

भिषा आउँदैछ भनेर टार्दै आएका मेरिडिएनका सञ्चालक इन्द्रकुमार राई उनीहरूको सम्पर्कमा नै आउन छाडे । म्यानपावर कम्पनी सम्फर्कमा नआएपछि तीनै जनाले २०७४ साल वैशाखमा वैदेशिक रोजगार विभागमा म्यानपावर सञ्चालकविरुद्ध उजुरी दिए । विभागमा उजुरी गरेको एक वर्ष बित्न लाग्यो । तर विभागले म्यानपावर सञ्चालक अझै सम्पर्कमा नआएको बताएर फर्काउने गरेको वाइबाले बताए ।

 

‘वैदेशिक रोजगार विभागमा ५ पटकभन्दा बढी आइसकेँ हामीलाई ठगी गर्नेलाई समात्यो कि भनेर । सरहरूले मान्छे सम्पर्कमा आएको छैन, केस चलाउँदै छौं मात्रै भन्नुहुन्छ,’ वाइबाले निराश हुँदै भने, ‘विदेश जाने भनेर ऋण खोजेर पैसा बुझाए, अहिले न विदेश जान पाएँ, न त म्यानपावरले पैसा नै फिर्ता गर्‍यो ।’

विभागमा हरेकपटक आउँदा उनी यस्तै निराश भएर फर्किनुपरिरहेको छ ।

 

वाइबालाई विदेश पठाइदिन्छु भनेर ठगी गर्ने मेरिडिएन एसोसिएट्स प्रा.लि.विरुद्ध  अन्य १६ जनाको पनि उजुरी परेको छ । सो म्यानपावरले युवाहरूलाई दुबई, थाइल्याण्ड, कम्बोडिया, अस्ट्रेलियालगायतका देशमा पठाइदिने भन्दै प्रतिव्यक्ति न्युनतम ५० हजारदेखि पाँच लाखसम्म लिएको विभागमा उजुरी छ ।

 

मेरिडिएनको ठगी एक करोडभन्दा माथि !

मेरिडिएन एसोसिएट्स प्रा.लि.का सञ्चालक इन्द्रकुमार राई र निशान जोशी तथा उक्त म्यानपावर कम्पनीका एजेन्ट सूर्यबहादुर घर्ती क्षेत्री, सन्तबहादुर राई र गोपाल तामाङको नाममा वैदेशिक रोजगार विभागमा १ करोड १० लाख बराबरको ठगीको मुद्दा दर्ता भएको छ ।

 

वैदेशिक रोजगार विभागविरुद्ध उजुरी आएपनि सञ्चालक विभागको सम्पर्कमा समेत आएका छैनन् । विभागले सञ्चालकलाई पक्राउ  गर्न भनेर प्रहरीलाई पत्र समेत पठाइसकेको छ । तर प्रहरीले एक वर्षसम्म पनि ठगी गर्नेलाई पक्राउ गर्न सकेको छैन ।

 

वैदशिक रोजगार ऐनमा म्यानपावर कम्पनीले ठगी गरेमा बैंक ग्यारेन्टीबाट पीडितलाई क्षतिपूर्ति दिन सकिने व्यवस्था छ । तर ३० लाख धरौटीमा सञ्चालन भएको भएको उक्त कम्पनीले एक करोडको ठगी गरेकाले पीडितलाई क्षतिपूर्ति दिन नसकिएको उजुरी तथा अनुसन्धान शाखाकी इन्दु घिमिरेले बताइन् ।

उनले भनिन्, ‘धरौटी रकमभन्दा तेब्बर छ पीडितको ठगी रकमको दाबी । पीडितहरू दैनिक आउनुहुन्छ, हामीले पीडितलाई क्षतिपूर्ति दिलाउन सकेका छैनौं ।’

 

इनोभेटिभ र साकुराले ठगे ५० लाखभन्दा बढी

यस्तै इनोभेटिभ सर्भिस प्रा.लि र साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सलटेन्सी प्रा.लिका सञ्चालकहरू पनि विदेश पठाइदिने भनरेर लाखौं ठगी गरी फरार भएका छन् ।

 

वैदेशिक रोजगार विभागमा इनोभेटिभ सर्भिस प्रा.लिले अमेरिका, क्यानडा, पोर्चुगल, जापान, मलेसिया पठाइदिन्छु भन्दै ११ जनालाई ठगी गरेको छ । उक्त कम्पनीबाट ठगीमा परेका युवाहरूले ६१ लाख बराबरको ठगी भएको रकम दाबी गरेका छन् ।

 

साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सलटेन्सी प्रा.लिबाट ठगीमा परेका १७ जनाको उजुरी परेको छ । उनीहरूलाई अमेरिका, पोल्याण्ड, चीन, बहराइन, क्यानडा, कतारलगायतका देशहरूमा रोजगारीका लागि पठाउनेभन्दै ५९ लाख बराबरको ठगी गरेको उजुरी परेको छ । सो कम्पनीले एउटै व्यक्तिसँग १० देखि १७ लाखसम्म ठगी गरेको उजुरी विभागमा परेको छ ।

 

वैदेशिक रोजगार विभागले ठगीमा परेको उजुरीको आधारमा म्यानपावर कम्पनी सञ्चालकलाई कार्यलयमै बोलाएर पीडितलाई राहत दिन आदेश दिन्छ । ठगी गर्ने म्यानपावर सञ्चालकले पीडितलाई राहत नदिएमा उक्त कम्पनीको काम रोक्का गरी बैंक ग्यारेन्टीबाट पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था छ ।

 

तर इनोभेटिभ सर्भिस प्रा.लिका सञ्चालक हरिबहादुर गुरुङ र साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सलटेन्सी प्रा.लिका सञ्चालक महेन्द्र राना तीन महिना अघिदेखि सम्पर्कविहीन रहेको विभागका अनुसन्धान अधिकृत शिशिर लामिछानेले बताए ।

 

म्यानपावर कम्पनी सम्पर्कमा नआएमा बैंक ग्यारेन्टीबाट क्षतिपूर्ति दिने व्यवस्था रहेपनि बैंक ग्यारेन्टीभन्दा दोब्बर रकम ठगीमा परेपछि विभागले पीडितलाई क्षतिपूर्ति उपलब्ध  नसकेको उनले बताए ।

 

‘दुवै म्यानपावर कम्पनी सञ्चालक तीन महिना अघिदेखि विभागको सम्पर्कमा आएका छैनन् । त्यसैले हामीले म्यानपावर कम्पनी रोक्का गरिदिएका छौं,’ उनले लोकान्तरसँग भने, ‘म्यानपावर कम्पनीको धरौटी रकम ३० लाख मात्रै छ, तर पीडितको उजुरीमा दोब्बर रकम दाबी छ । सोही कारण हामीले पीडितलाई क्षतिपूर्ति दिन सकेका छैनौं ।’

इनोभेटिभ र साकुरा दुवै म्यानपावर कम्पनीका सञ्चालक सम्पर्कविहिन भएकाले विभागले अदातलमा मुद्दा दर्ता गर्ने तयारी गरेको उनले जानकारी दिए ।लोकान्तरबाट

सांकेतिक तस्विर

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न