ढाटेर विवाह गर्ने गराउने दुवै कारवाहीमा, बहुविवाह खारेज



हाम्रो इकोनोमि

 

पत्नी हुदा हुदै अर्को विवाह गरेमा त्यो अब स्वतः खारेज हुने भएको छ । १ भदौबाट लागू हुन लागेको देवानी तथा फौजदारी संहिता ऐनले बहुविवाहलाई अन्त्य गर्ने उदेश्यले यस्तो व्यवस्था राखेको हो ।

 

दोस्रो विवाह गर्ने सामाजिक कुरीति अन्त्यका लागि कानुनबाटै सहारा लिन खोजेको छ । नयाँ कानुनले दोस्रो विवाह स्वतः खारेज हुने भनी लेखे पनि दोस्रो विवाह गर्नुपूर्व नै शिशुको जन्म भएका त्यो स्वतः विवाह भएको भनि उल्लेख गरेको छ । ऐनको दफा ७१ मा विवाह गर्न, गराउन नहुने दफाको दुईमा उल्लेख सात वटा कारणमध्ये विवाह भइसकेको भन्ने शब्द पनि उल्लेख छ ।

 

सो दफामा एच।आइ।भी वा हेपाटाइटिस ‘बी’ रहेको वा यस्तै प्रकृतिको निको नहुने कडा रोग लागेको, यौनांग नभएको, नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भइसकेको, पूर्णरूपमा बोल्न, सुन्न र दृष्टिविहीन वा कुष्ठरोगी भएमा, होस ठेगानमा नरहेको, गर्भवती भएको र नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार गरी अदालतबाट सजाय पाएकासँग झुक्याएर विवाह गराए सो बदर हुने उल्लेख छ ।

 

सो ऐनले यस्ता विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्ने पनि उल्लेख गरेको छ । पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह, हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरूबीच भएको विवाह पनि प्रारम्भदेखी नै अमान्य हुने स्पष्ट पारेको छ ।

 

राणा प्रधानमन्त्री जंगबहादुर राणाको समयदेखि प्रचलनमा आएको मुलुकी ऐनलाई यी ऐनले १ भदौबाट विस्थापित गर्ने कानुन मन्त्रालयले जानकारी दिएको छ । ऐनले विवाह गर्ने उमेर पनि २० वर्ष पु¥याएको छ । यसअघि केटाको उमेर २० र केटीको उमेर १८ वर्ष पुगेको हुनुपर्ने उल्लेख थियो ।

 

नयाँ कानुनले बहुविवाह अपराध गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय तोक्न सकिने प्रावधान राखेको छ । हालको कानुनले पनि बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि अयोग्य हुने स्पष्ट पारेको छ । यस्तै, दोस्रो विवाह भएको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने प्रावधान पनि यसमा छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...