मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, १५ दिनमा खाल्डाखुल्डी पुर्न निर्देशन



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले जोरपाटी साँखु सडकखण्डको काम तत्काल सक्न निर्देशन दिएका छन् ।

विहीवार चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक खण्डको अनुगमन गदै काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेता नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका हुन् ।

भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश सांसद रामेश्वर फुयाल, मन्त्रालयका सचिब, सडक विभागका प्रमुख र ठेकेदारसहित अनुगमनमा पुगेका नेता नेपालले १५ दिन पछि पुन अनुगमनमा आउँदा सडकको अवस्था सुधार हुनुपर्ने बताए ।

निर्माणको जिम्मा पाएका ठेकेदारले भने,‘अब हजुर १५ दिन पछि आउँदा खाल्डाखुल्डी पुरिने छ ।’

नेता नेपालले सडक निर्माणका क्रममा एउटा निकायले अर्को  निकायलाई देखाएर पन्छन खोज्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई देखाएर कोही पनि उम्कन नापाउने बताए ।

नेता नेपालले भने,‘सडक निर्माणमा सम्बन्धित सडक विभाग, विद्युत प्राधिकरण, ढल व्यवस्थापन गर्ने सबैले समन्वय गर्न आवश्यक छ’ नेता नेपालले भने,‘त्यसका लागि सम्बन्धित पक्ष जिम्मेवार हुन जरुरी छ ।’

सडक निर्माणका क्रममा विभिन्न अवरोध आएका कारण काममा ढिलाई भएको निर्माण व्यवसायीले बताएपछि नेता नेपालले सम्बन्धित सवै पक्षलाई राखेर तत्काल कामको निर्देशन दिएका थिए ।

स्थानीयवासीले भने नेता नेपालले अनुगमन गर्ने भएपछि ठेकेदारले हिजो(बुधबार) खाल्डाखुल्डी पुर्ने र सडक सफा गर्ने कार्य गरेको भन्दै अनुगमन हल्ला नगरि गर्न सुझाव दिए ।

पहिला दुई वटा घरका कारण निर्माणको काम रोकिएको भएपनि अहिले उक्त घरहरु भत्किएको र अव निर्माणको कम तिव्ररुपमा अघि बढ्ने ठेकेदारले आश्वासन दिए ।

मन्त्रीलाई बौद्धबासीले भने-पानी पर्दा पनि अनुगमनमा आउनुस्

बुधबार विहान चाबहिल-बौद्ध सडक खण्डमा एकाएक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ दलबलसहित देखा परे ।

उनको साथमा सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका हाकिमहरु पनि थिए ।

मन्त्री महासेठ कहिले ढलको पाइप राख्न लागेको खाल्डोमा पसे त कहिले पाइप हेर्थे ।

वर्षासम्म पानी पर्दा हिलो र काम लाग्दा धुलो खाँदा पनि कसैले वास्ता नगरेको सडकमा दलबलसहित मन्त्री आएको देखेपछि स्थानीयबासीहरुले पनि पछ्याए ।

स्थानीयबासीले मन्त्री महासेठलाई पानी परेको बेला अनुमगनमा आउन निम्तो दिएका छन् । एकले भने, ‘पानी पर्दा आउनुस्, सडकमै भेल, बाढी पोखरी सबै देख्न पाइन्छ ।’

स्थानीयले बिमस्टेक सम्मेलनका लागि सडक निरीक्षणमा आउनुभएको हो भन्ने प्रश्न समेत गरे ।

मन्त्री महासेठले भने जनताको समस्या र पीरमर्का बुझेर सडक मर्मतको काम अघि बढाएको बताएका छन् । ‘भदौ १२ गतेपछि सडकमा कुनै खाल्डा रहँदैन । पिच गर्न त केही समय लाग्ला । खाल्डाखुल्डी सबै पुर्छौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...