नेकपाको सांगठनिक एकीकरणको टुंगो आज, क कस्लाई के के जिम्मा



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठन एकीकरणको टुंगो आज टुंगो लाग्ने भएको छ । गत जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको केन्द्र बाहेक प्रदेश, जिल्ला, स्थानीय तह, जनवर्गिय संगठनको एकीकरण बाँकी नै छ ।

 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांगठनिक एकीकरण सम्बन्धी विषयलाई आज टुंगो लगाउने सहमति गरेको थियो । विधानअनुसार भदौ ५ संगठन एकीकरणको काम सक्नुपर्नेछ । सोही कारण नेकपाले तल्लो तहको एकीकरणमा ध्यान केन्द्रित गरेको छ ।

 

जेठ १६ गते दुई अध्यक्षले सर्कुलर जारी गर्दै १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । यसअघि जेठ १६ गते जारी गरिएको विशेष सुर्कुलरमा १५ दिनभित्र एकीकरणको प्रतिवेदन बुझाउन भनिएको थियो । तर, जिल्ला कमिटी, जिल्ला सचिवालय र जिल्ला पदाधिकारी तथा प्रदेश कमिटी, प्रदेश सचिवालय र प्रदेश कमिटीको पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी पाएको कार्यदलले अन्तरपार्टी निर्देशन जारी भएको दुई महिना बित्दा पनि जिम्माको काम टुंग्याउन सकेका छैनन् ।

 

तल्लो तहको एकीकरणका लागि नेकपाले साउन १७ गते भदौ ५ सम्ममा सबै तहमा एकता प्रक्रिया सक्न परिपत्र जारी गरिसकेको छ । परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिइएको थियो । सर्कुलर अनुसार एकीकरणका लागि बनेका कार्यदलले कामलाई तिव्रता दिएको बताइएको र आजको बैठकले एकीकरणको टुंगो लगाउने बताइएको छ ।

प्रवक्ता नरायणकाजी श्रेष्ठका अनुसार बैठकले मुलुकको समग्र राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी समितिको बैठक बोलाउने विषयमा बैठकले टुंगो लगाउने निर्णय गर्ने छ ।

 

बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा सचिवालय सदस्यलाई जानकारी गराएका थिए । बैठकमा ओलीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहलका बारेमा जानकारी गराएका थिए ।

प्रदेशदेखि स्थानीय तहसम्मका कमिटी एकीकरणको चटारो

 

नेपाल कम्युनिष्ट पार्टीले प्रदेशदेखि स्थानीय तहसम्मको एकीकरण भदौ ५ सम्म सक्ने गरी प्रक्रिया अघि बढाएको छ । गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको केन्द्र बाहेक प्रदेश, जिल्ला, स्थानीय तह, जनवर्गिय संगठन लगायतका कमिटीको एकीकरण बाँकी नै छ ।

 

केन्द्रमा एकता भएको करिब तीन महिनासम्म तल्ला तहका कमिटीको एकता हुन सकेको छैन । तल्लो तहमा एकता हुन नसक्दा कार्यकर्ता बेरोजगार बनेका छन् ।एकता लगत्तै प्रदेश, जिल्ला तहको एकीकरण गर्न बनाइएका सातवटै कार्यदलले काम टुंग्याउन सकेका छैनन् । जेठ १६ गते दुई अध्यक्षले सर्कुलर जारी गर्दै १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

 

यसअघि जेठ १६ गते जारी गरिएको विशेष सुर्कुलरमा १५ दिनभित्र एकीकरणको प्रतिवेदन बुझाउन भनिएको थियो । तर, जिल्ला कमिटी, जिल्ला सचिवालय र जिल्ला पदाधिकारी तथा प्रदेश कमिटी, प्रदेश सचिवालय र प्रदेश कमिटीको पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी पाएको कार्यदलले अन्तरपार्टी निर्देशन जारी भएको दुई महिना बित्दा पनि जिम्माको काम टुंग्याउन सकेका छैनन् ।

 

तल्लो तहको एकीकरणका लागि नेकपाले साउन १७ गते भदौ ५ सम्ममा सबै तहमा एकता प्रक्रिया सक्न परिपत्र जारी गरिसकेको छ । परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिइएको थियो ।
सोही परिपत्र अनुसार एकीकरणका लागि बनेका कार्यदलले धमाधम काम गरिरहेका छन् ।

 

“भदौ ५ भित्र सबै तहमा एकीकरण सक्ने गरी काम भइरहेको छ,” नेता मणि थापाले भने, “तोकिएको समयमै एकीकरण प्रक्रिया पूरा हुनेछ ।कार्यदलले एकताका मोडालिटीबारे छलफल गरिरहेका छन् ।” परिपत्र अनुसार कार्यदलले प्रतिवेदन बुझाउन र एकता प्रक्रियाका लागि छलफल गरिरहेको बताइएको छ । सबै कार्यदलले निर्धारित मिति भित्रै एकता सक्ने गरी छलफल अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न