कैलालीमा देउती गुट्खा उद्योगमा बम विस्फोट, सहकारीका कर्मचारीमाथि छुरा प्रहार



हाम्रो इकोनोमि

 

कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समुले बिहिवार विहान बम विष्फोटन गराएको छ। विहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट भएको हो ।

 

ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानिय त्रसित भएका थिए। विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति भएपनि अन्य क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिएका छन्।

 

बम किन र कसले विष्फोटन गरायो सोको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोहि उद्योगमा अज्ञात समुहले साउन २ गते समेत २ वटा बम राखेको भेटिएको थियो ।

 

सहकारीका कर्मचारीमाथि बालुवागडामा छुरा प्रहार

कैलालीको चुरे गाँउपालिका ४ बालुवागडामा सहकारीका कर्मचारी माथि छुरा प्रहार भएको छ। किसान बहुउद्देश्य सहकारी संस्था चौमालामा कार्यरत लम्की चुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मुकुण्डो लगायका अज्ञात दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ ।

 

बालुवागडाबाट सहकारीको रकम संकलनको काम सकेर फर्कदै गरेका न्यौपानेलाई बालुवागडा नजिकै बाटोमा आक्रमण भएको हो। दिउँसो पौने १२ बजे घटना भएकोमा प्रहरीमा ढिलो गरि खबर आएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीका अनुसार घाईते न्योपानेको दायाँ हात र पेटमा चोट लागेको छ ।

 

मोटरसाईकलमा रहेका न्योपानेलाई रोकेर आक्रमण भएपछि उनीहरु भागेका थिए। घाईतेको धनगढीको सिपि अस्पतालमा उपचार भईरहेको छ। छुरा प्रहार गर्ने दुई जनाको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...