नेपाली सेनाको कमाण्ड अाजबाट पूर्णचन्द्रको हातमा, जाँदाजाँदै क्षत्रीले भने– चुनौतीबीच सफल भएँ



हाम्रो इकोनोमि

 

नेपाली सेनाको नेतृत्व आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् ।

 

प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् ।

 

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ ।

 

बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हानेछन् ।

वि.सं. ०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा ०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए ।

 

यसैबीच, प्रधानसेनापति क्षत्रीले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । अनेक चुनौतीबीच नेपाली सेनाको कमाण्ड सम्हाले पनि आफू सफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...