नेपाली सेनाको कमाण्ड अाजबाट पूर्णचन्द्रको हातमा, जाँदाजाँदै क्षत्रीले भने– चुनौतीबीच सफल भएँ



हाम्रो इकोनोमि

 

नेपाली सेनाको नेतृत्व आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् ।

 

प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् ।

 

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ ।

 

बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हानेछन् ।

वि.सं. ०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा ०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए ।

 

यसैबीच, प्रधानसेनापति क्षत्रीले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । अनेक चुनौतीबीच नेपाली सेनाको कमाण्ड सम्हाले पनि आफू सफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...