नेविसंघ कार्यसमिति भंंग गर्ने कांग्रेसको चेतावनी, भदौ २ सम्म महाधिवेशन गर्न निर्देशन



 

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल बुधबारबाट सकिएको छ । तर, विवादका कारण महाधिवेशन अनिश्चित बनेको छ । नेविसंघले विवाद सुल्झाउने नदेखेपछि पार्टीको निर्देशक समितिले २ भदौसम्म कार्यतालिकासहित महाधिवेशनको सर्वसम्मत योजना ल्याउन निर्देशन दिएको छ ।

 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महत संयोजक रहेको समितिको बुधबार बसेको बैठकले अध्यक्ष महरलाई चित्तबुझ्दो आधारसहित महाधिवेशनको खाका पेस गर्न निर्देशन दिएको हो । केन्द्रीय कार्यसमितिको बैठकबाट सहमतिमा निर्णय गर्दैै पेस गरेको आधार र कार्यतालिका चित्तबुझ्दो नभए समिति भंग गर्ने चेतावनी पनि समितिले दिएको छ ।

 

समिति सदस्य रञ्जित कर्णले अध्यक्ष महरलाई केन्द्रीय समितिमा सहमति जुटाएर महाधिवेशन गर्न सकिने आधारसहितको कार्ययोजना पेस गर्न २ भदौसम्मको अल्टिमेटम दिएको बताए । ‘महाधिवेशन हुन सक्ने तयारी नभइसकेको सन्दर्भमा विधानको प्रावधानअनुसार विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था लागू गर्न विधानतः उक्त समयभित्र महाधिवेशन सम्पन्न गर्न सकिने आधारसहितको कार्ययोजना २ भदौसम्म अध्यक्षमार्फत केन्द्रीय समितिलाई पेस गर्न निर्देशन दिएका छौँ’ सदस्य कर्णले नयाँ पत्रिकासँग भने ‘केन्द्रीय कार्यसमितिको बैठकमा सबैको सहमतिमा चित्तबुझ्दो आधारसहित कार्ययोजना पेस नभए यो कार्यसमिति भंग हुन्छ ।’

 

 

गुटगत विवादले समस्या
गुटगत विवादका कारण नेविसंघको केन्द्रीय कार्यसमिति बैठक बस्न सक्ने अवस्था छैन । निर्देशन समितिले अध्यक्ष महरलाई महामन्त्रीत्रय सरोजकुमार थापा, कुन्दन काफ्ले र आनन्दराज त्रिपाठी, उपाध्यक्षद्वय उर्मिला थपलिया र नवीन राईसँग कार्ययोजना बनाउँदा सहकार्य गर्नसमेत निर्देशन दिएको छ ।

 

 

महामन्त्री थापाले पार्टीको निर्देशन समितिले महाधिवेशन गर्न सक्ने आधारसहितको कार्ययोजना २ भदौसम्म सहमतिमा पेस गर्न निर्देशन दिए पनि केन्द्रीय समितिको सहमतिमा निर्णय हुन सक्ने अवस्था नरहेको बताए ।

 

 

असन्तुष्ट पक्षको कार्यक्रम रोकियो
असन्तुष्ट पक्षले निर्वाचित केन्द्रीय कार्यसमितिको बहुमतबाट निर्णय गरी २३ साउनबाट महाधिवेशन गर्ने घोषणा गरेको थियो । उपाध्यक्ष प्रकाश रानाको नेतृत्वमा बसेको पदाधिकारीसहितका निर्वाचित बहुमत केन्द्रीय सदस्यहरूको बैठकले कार्यतालिकासहित महाधिवेशनकोे मिति घोषणा गरे पनि पार्टीको निर्देशक समितिले रोक्न आग्रह गरेको थियो । पार्टीले नै रोक्न आग्रह गरेपछि महाधिवेशनका कार्यक्रम रोकिएको कोषाध्यक्षसमेत रहेका असन्तुष्ट पक्षका नेता शिव रिमालले जानकारी दिए ।

 

 

नेविसंघ हेर्ने निर्देशक समितिमा सहमहामन्त्री डा. महत, केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, एनपी साउद, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, किशोरसिंह राठोर, नेविसंघका पूर्वअध्यक्ष कर्ण र पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न