नेकपाका नेता खिमलाल भट्टराईलाई जापान प्रवेशमा रोक, एयरपोर्टबाटै फर्काइयो



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपाका नेता तथा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ। जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन गएका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको  हो।

 

भट्टराईसँगै नेकपाकै अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्व अध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायत  जापान गएका थिए। भट्टराई लगायतको टोलीलाई हिरोसिमामा आयोजित कार्यक्रम स्थलसम्म पुर्याउन नेपालबाट बासु गौतम लगायतको टोलीले सहयोग गरेको थियो ।

 

जापानमा रहेका नेकपाका समर्थक र शुभेच्छुकरुहले पार्टीका नेताहरुलाई राम्रोसँग समन्वय गरेर नल्याइदा विमानस्थलबाटै फर्काइनु परेको भन्दै आक्रोश पोखेका छन्।

 

जापानको हिरोसिमास्थित होटलमा भट्टराईलाई स्वागत गर्न नेपाली प्रतिनिधिहरु उपस्थित रहेपनि उनी होटलमा नपुगेपछि यो तथ्य वाहिरिएको हो। स्वागतका लागि होटल पुगेकाहरु नेतालाई विमानस्थलबाटै फर्काइएकोमा लज्जित हुँदै फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...