भोलिदेखि सेनाको नेतृत्व फेरिदै, जंगीअड्डामा सेनापतिले सुनाए आफ्ना ६५ सफलता



हाम्रो इकोनोमि

 

भोलि बुधबारदेखि नेपाली सेनाको नेतृत्व परिवर्तन हुँदै छ। प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई बिदाई गरी रथी पूर्णचन्द्र थापाले सेनाको कमाण्ड सम्हाल्दैछन्।

 

सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले थापालाई भोलिदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिसकेका छन्।

 

अवकाश हुनुभन्दा एक महिना अघि नै बिदा बस्ने परम्पराअनुसार क्षत्री भोलिदेखि विदामा बस्न लागेका हुन्। उनले भदौ २४ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन्।

 

विदामा वस्नु अघिल्लो दिन सेनापति क्षत्रीले जंगी खड्डामा सम्बोधन गरेका थिए। ९२ बुँदे सम्बोधनमध्ये ६५ बुँदामा उनले आफ्नो नेतृत्वमा भएका कामहरु उल्लेख छ।

 

भूकम्पमा सेनाले गरेको उद्धारदेखि निर्वाचन सम्पन्न भूमिकासम्मलाई उनले आफ्नो सफलता सूचिमा राखेका छन्।

 

राष्ट्रिय सुरक्षा नीति निर्माण, इतिहासमा पहिलो पटक महिलाहरुको लागि गोरखखाली गुल्म स्थापना गरिएको उनले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...