आपराधिक क्रियाकलाप : ६५ भारतीय फरार



हाम्रो इकोनोमि

 

आपराधिक क्रियाकलापमा संलग्न ६५ जना भारतीय फरार रहेका छन् ।

 

उनीहरुलाई चितवन जिल्ला अदालतले कैद र जरिवानाको फैसला गरे पनि कार्यान्वयन हुन नसकेको हो । अदालतका तहसिलदार धनीराम चापागार्इंका अनुसार १० जनाको कैद भुक्तान, ३६ जनाको जरिवाना असुल र १९ जनाको जरिवाना र कैद भुक्तान दुवै हुन बाँकी छ । विगत लामो समयदेखि भएको फैसला कार्यान्वयन हुन नसकेको हो ।

 

उनीहरुविरुद्ध लागुऔषध, जबर्जस्तीकरणी, चोरीलगायतका मुद्दा फैसला भएका हुन् । अदालतले प्रहरीसँग सहकार्य गरेर फैसला कार्यान्वयन विशेष अभियान सञ्चालन गरेको भए पनि विदेशी नागरिक पक्राउ पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार नेपालमा नभेटिएका गम्भीर अपराध गरेका विदेशी अपराधीलाई इन्टरपोलमार्फत् सूचना जारी गरेर झिकाइने बताउनुभयो ।

 

अदालतबाट फैसला भएका गम्भीर अपराधका नभएकाको हकमा भने प्रहरीले इन्टरपोलको सहायता नपाउने भएकाले कार्यान्वयनमा ल्याउन कठिन हुने गरेको छ । अदालतमा हालसम्म कैद र जरिवाना भुक्तानी गर्न चार हजार १७६ जना नेपाली बाँकी रहेका छन् । अदालतले दिएको जानकारीअनुसार ४४७ जनाको कैद, दुई हजार ७४० जनाको जरिवाना र ९८९ जनाको कैद तथा जरिवाना दुवै भुक्तान गर्न बाँकी छ ।

 

अदालतले गत वर्ष फरार रहेका २२९ जनाको १२ वर्ष १० महिना आठ दिन कैद र रु १९ लाख सात हजार ४३१ जरिवाना असुल गरेको छ । सात जनाको कैद, ११३ जनाको जरिवाना र नौ जनाको दुवै सजाय असुल गरेको अदालतले जनाएको छ ।

 

अदालतले नेपाली र विदेशी गरी चार हजार २४० जनाको रु ११ करोड ८९ लाख ९३ हजार १३ जरिवाना र दुई हजार १८४ वर्ष नौ महिना २९ दिन कैद असुल गर्न बाँकी रहेको उल्लेख गरेको छ । गत आर्थिक वर्षमा कार्यालयले रु दुई करोड ३१ लाख २२ हजार ७९५ जरिवाना र ९०४ वर्ष ११ महिना कैद असुल गरेको थियो । गत आवमा अदालतमा फैसला कार्यान्वयन गर्न ३५० निवेदन परेकामा २५९ निवेदन कार्यान्वयन भएको र ९१ बाँकी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...