अपहरणकारी ईन्काउन्टरको छानविन गर्न मानव अधिकारको टोली खटियो फिल्डमा



 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मुलुकमा पछिल्लो समय शान्ति, सुरक्षाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । उनले भने,‘पछिल्लो समय अपराधका घट्नाहरु जताततै घटिरहेका छन् । जनताले शान्ति, सुरक्षाको अनुभुति गरिरहेका छैनन् ।’

 

पाठकले भक्तपुरमा हालै घटेको बालक निशान खड्काको हत्या र प्रहरी ईन्काउन्टरमा दुई युवा मारिएको घट्नाबारे आयोगले विशेष अनुशन्धान टोली गठन गरी आजैबाट छानबिन तथा अनुशन्धान टोलीलाई फिल्डमा पठाएको जानकारी दिए ।

 

उनले भने,‘प्रहरी ईन्काउन्टरमा मारिएका दुई युवाका परिवारले आयोगमा आएर आफ्नो छोराहरुलाई हत्या नै गरेको भनेर उजुरी दिएको छ । उनीहरुको डेलिगेशन नै आएर उजुरी दिएकोले हामीले पनि घट्नाको अनुशन्धान गर्नको लागि टोलीलाई फिल्डमा खटाएका छौं ।’

 

उनले भने,‘अहिले देशैभरि शान्ति र सुरक्षाको अवस्थाप्रति प्रश्न गर्ने अवस्था छ । अब सरकारले मुलुकको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न बेलैमा प्रभावकारी कदम चाल्नुपर्छ । विधि र विवेकसम्म्त ढंगले कानूनको प्रयोग गर्नुपर्छ ।’

 

आपराधिक घट्नाको अनुशन्धानमा खटिने प्रहरी अधिकृतहरुलाई पर्याप्त उपकरणसहित विशेष तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । उनले भने,‘अहिले प्रहरीको अनुशन्धानप्रति जनताको विश्वास घटेको छ । यसलाई प्रहरीले सुधार गर्नुपर्छ । सम्बन्धित निकायलेपनि यसबारे ध्यान पुर्याउनुपर्छ ।’

 

भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारी गोपाल तामाङ र अजय तामाङका परिवारलेले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए ।

 

बुधबार आयोगको कार्यालय पुगेर परिवारका सदस्यले काँडाघारीका बालक निशान खड्काको अपहरण र हत्या प्रकरणमा प्रहरी इन्काउन्टर नभइ हत्या भएको भन्दै आयोगमा उजुरी दिएका हुन् ।

 

११ वर्षिय बालक निशानको अपहरण पछि उनीहरुले उनकि आमालाई फोन गरेर मोटो रकम मागेका थिए। त्यसपछि बालकको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेको थियो। प्ररीले भक्तपुरको डोलेश्वरमा गोली चलाउँदा दुई अपहरणकारीको मृत्यु भएको बताउदै आएको छ ।

उजुरी दिन गोपालका आमाबुबा, बहिनी तथा अजयका बुबा निमा तामाङ मानवअधिकार आयोग पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न