प्रकाण्डलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, ७ करोड चन्दा असुलेको आरोप



हाम्रो इकोनोमि

 

जिल्ला अदालत काठमाडौंले नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

 

प्रहरीले खड्कालाई मंगलबार साँझ करिव साढे ७ बजेतिर दक्षिणकारी नगरपालिका-१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जना पक्राउ परेका हुन् ।

 

प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका-६ का हरिचन्द्र आचार्य छन् ।

 

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

उनीहरुविरुद्ध चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता गरिएको छ र जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

२९ गते नेपाल बन्दको घोषणा

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता, पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्ड  काठमाडौंबाट पक्राउ गरेको  परेका विप्लव समुहले भत्र्सना गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीले  सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गरेको छ ।

 

महासचिव विप्लवद्वार जारी विज्ञप्तिमा भनिएको छ  ‘काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ ।

 

अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको छ । सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ ।’

साथै नेकपाले साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।

 

विश्वकर्मालाई गएराति चाल्नाखेलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले जानकारी दिए । विश्वकर्मामाथि चन्दा संकलन तथा विष्फोट लगायतका घटना गराएको आरोप लाग्दै आएको थियो ।

 

तर, प्रहरी प्रवक्ता थापाले, उनीमाथि मुद्दा दाय गर्ने बेलामा मात्रै अभियोगबारे खुलाईने जवाफ दिएका छन् । २०६८ सालमा झलनाथ खनालको प्रधानमन्त्री कालमा विश्वकर्मा पर्यटन तथा नागरिक उड्ययन मन्त्री थिए ।

 

उनलाई महानगरीय प्रहरी परिसरमा राखिएको छ । विश्वकर्मासहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ पक्राउ परेका छन् । मंगलबार मात्रै नेकपाका केन्द्रीय नेता आजाद केसीलाई भक्तपुरको डेराबाटै पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...