गोक्यो हिमतालमा डुबेका एक विद्यार्थीको शव गोताखोरले निकाले



हाम्रो इकोनोमि

 

 

सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीमध्ये एकको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले बुधबार निकालेको छ ।

 

काठमाडौंबाट हेलिकोप्टरमा मंगलबार सोलुखुम्बु ओर्लिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालको २५ मिटर गहिरो स्थानबाट ती विद्यार्थीको शव निकालेको हो ।

 

तीनमध्ये एक विद्यार्थीको शव निकालिए पनि उनको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता तीन विद्यार्थीको खोजी थालेका थिए ।

 

मौसम पनि खुलेकाले गोताखोरको टोलीलाई उद्धारमा परिचालित हुन सहज भएको छ। तर उच्च स्थानमा भएकाले तालमा लामो सयम डुबेर खोज्न भने गोताखोरहरुलाई समस्या भएको छ ।

 

खुम्बुपासाङल्हामु गाउँपालिकाका(४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार अहिले सशस्त्र प्रहरीका ५, नेपाली सेनका ५ र नेपाल प्रहरीका ५ जनाको टोलीले डुबेका विद्यार्थी खोजिरहेका छन् ।

 

सार्वजनिक विदा भएपछि गत शनिबार घुम्ने क्रममा गोक्यो हिमताल पुगेका खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थीमध्ये तीनजना गोक्यो तालमा पौडी खेल्दा डुबेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...