गोक्यो हिमतालमा डुबेका एक विद्यार्थीको शव गोताखोरले निकाले



हाम्रो इकोनोमि

 

 

सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीमध्ये एकको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले बुधबार निकालेको छ ।

 

काठमाडौंबाट हेलिकोप्टरमा मंगलबार सोलुखुम्बु ओर्लिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालको २५ मिटर गहिरो स्थानबाट ती विद्यार्थीको शव निकालेको हो ।

 

तीनमध्ये एक विद्यार्थीको शव निकालिए पनि उनको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता तीन विद्यार्थीको खोजी थालेका थिए ।

 

मौसम पनि खुलेकाले गोताखोरको टोलीलाई उद्धारमा परिचालित हुन सहज भएको छ। तर उच्च स्थानमा भएकाले तालमा लामो सयम डुबेर खोज्न भने गोताखोरहरुलाई समस्या भएको छ ।

 

खुम्बुपासाङल्हामु गाउँपालिकाका(४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार अहिले सशस्त्र प्रहरीका ५, नेपाली सेनका ५ र नेपाल प्रहरीका ५ जनाको टोलीले डुबेका विद्यार्थी खोजिरहेका छन् ।

 

सार्वजनिक विदा भएपछि गत शनिबार घुम्ने क्रममा गोक्यो हिमताल पुगेका खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थीमध्ये तीनजना गोक्यो तालमा पौडी खेल्दा डुबेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...