नाबालिक सिमालाई अशक्त परिवार पाल्ने जिम्मेबारी



हाम्रो इकोनोमि

 

छोराको आशमा पाँच छोरी पाएका धनुषा मिथिला नगरपालिकाका एक दम्पतीलाई बुढेसकालमा छोरीहरुलनै पालपोष गरिरहेका छन् ।

धनुषाको क्षिरेश्वर नगरपालिकाको सिन्धुली गाउँमा निर्माणाधिन पक्कि घर अगाडी वालुवा चालीरहेको अवस्थामा भेटिईन् १७ वर्षिया निलम महतो । र निलमसगैँ टेगारीमा वालुवा वोकीरहेकी थिईन् उनकी १३ वर्षिया वहिनी सीमा कुमारी महतो पनि ।

विहानको खाना खाएर काममा आएका उनिहरु ठेकेदारले अर्हाए अनुसार काम गरिहेका थिए । स्कूल जानु पर्दैन ? प्रश्न भुँईमा खस्न नपाउँदै सीमााले जवाफ दिईन् , अहँ , दाजुभाई छैनन् , काम गरेर आमावुवा पाल्नु पर्छ । सीमा मात्रै होईन , उनकी दिदी निलमले पनि स्कूल जाँदी रहिनछिन् ।

धनुषा जिल्लाको मिथिला नगरपालिका २ नक्टाझिज, विश्वकर्मा चोक नजिक घर भएका निलम र सीमाले विद्यालय जान नपाउनुको कारण हृदयविदारक छ । उनीहरुका ६० बर्षीय बुवा जगदयाल महतो प्यारालाईसिसले तीन बर्ष अघि देखी थलिएका छन् । हामी उनिहरुको घर पुग्दा आँखा समेत राम्ररी नदेख्ने जगदयाल आँगनमा बसेर टोलाईरहेका थिए ।

बुवा जगदीसको मात्रै होईन उनिहरुकी आमा जुगली देवी महतोले पनि ९० प्रतिशत आँखाको ज्योती गुमाईसकेकी रहिछन् । आर्थिक अभावका कारण बावु आमाको उपचार गर्न नसकेकोमा दुवै बहिनीलाई ग्लानी रहेछ । निलम भन्दै थिईन् , के गर्ने , काम गरेको दैनिक ज्याला ५ सय आउँछ । यति पैसाले बावु आमा पाल्नु पर्छ , उपचार गर्न पैसै पुग्दैन ।

जुगलदेवीका अनुसार गाउँमा ज्याला मजदुरी गरेर परिवार पालिरहेका उनका श्रीमान जगदयालको खुट एकाएक लुलो भयो र चल्न छाड्यो । ऋण काढेर जगदयाललाई जनकुपर मेडिकल कलेजमा उपचार गर्न लगियो । प्रारम्भिक उपचार पछि डाक्टरहरुले उनलाई उपचारका लागि काठमाण्डौ लैजान भने । तर हामीसँग पैसै भएन , ६८ वसन्त निलेकी जुगलदेवीले सुनाईन , त्यस पछि वाहाँको थप उपचार गर्न सकिएन ।

थलिएका श्रीमानको स्याहारमा खट्नुपर्ने भएपछी जुगलदेविको ज्याला मजदुरी रोकियो । सन्तानका रुपमा रहेका पाँच बहिनी छोरीहरु मध्ये दुई बहिनी विहे गरेर गईसकेका थिए ।

बाँकी रहेका तीन बहिनी छोरी मध्ये २३ बर्षिया साँईली छोरी अनिता पनि मानसीक रोगी थिईन् । दुखको कुरो , विपतमा रहेकी जुगलदेवीको पनि आँखाको ज्योती गुम्यो । गाउँलेहरुको सहयोगमा आँखाको उपचार गर्न काठमाण्डौ गएकी जुगलदेवीलाई तिलगगां आँखा अस्पतालले सफल अप्रेसनपछी चश्मा दिएका थिए । त्यो चश्मा फुटेपछी मधुरो देख्ने जुगलदेवी पनि अहिले घरमै थन्किएकीछन् ।

सम्पतीको नाममा रहेको १२ धुर जग्गा पनि छोरीहरुको विहे गर्न लिएको ऋणका कारण वैकंमा धितो राखिएको छ । साना किसान , छिमेकी र स्वाबलम्बन विकास बैंकमा गरी ३ लाख रुपैयाँ ऋण रहेको जुगलदेवीले बताईन् ।

बेसाहारा बनेको यो परिवारको सहारा बनिन् काँईली छोरी निलम । निलमको दैनिक ज्याला मजदुरीको कमाइले दुखसुख घर चल्छ । बैकंहरुको किस्ता मात्रै मासिक १३ हजार बुझाउनु परेपछी यो परिवारलाई झनै आपत आईलाग्यो । त्यसैले १३ वर्षिया कान्छि छोरी सीमा पनि अहिले मजदुरी गर्न वाध्य बनेकी छिन् ।

सीमा भन्छिन् , भारी काम त गर्न सक्दिन । टेगारीमा वालु बोक्छु । दैनिक पाँच सय रुपैयाँ पाउँछु । यही पैसा घरमा लगेर दिन्छु । दैनिकजसो काम भने नपाईने सीमाले सुनाईन् ।

दुबै छोरीले कमाएको रकमले वैकंको किस्ता तिरेर बचेको पैसाले घर चलाउने गरेको उनले सुनाईन । दिउँसो सँधै खाना खाने यो परिवार कहिलेकाहीँ बेलुकी भोकै सुत्न बाध्य छ ।परेको अविरल बर्षाले घरको छानो भत्किएपछी आर्थिक अभावकै कारण छाउन नसक्दा यो परिवारलाई अहिले अर्को विपत आई लागेको छ।

चुनावको वेला भोट माग्न आएका नेताहरुलाई जुगलदेवीको परिवारले आफ्ना सवै समस्याहरु सुनाएका थिए । अरु केही नदिए पनि अपागंता परिचयपत्र बनाईदिन आग्रह गरेका थियौँ , जुगलदेविले सुनाईन् , चुनाव ताका सहयोग गर्ने वचन दिएका नेताहरु अहिले हामीलाई वास्ता गर्दैनन् । राज्यले अपागंता परिचयपत्र उपलब्ध गराएर अपागंता भत उपलब्ध गराए पनि आफूहरुलाई ठुलो सहयोग पुग्ने उनले सुनाईन् ।

यसले के पुष्टि गर्छ भने प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबावु राउतले घोषणा गरेको वेटी पढाउ, वेटी वचाउ अभियान कागजमा मात्रै सिमीत छ । दुई नम्बर प्रदेशका अधिकासं ठाउँमा ज्याला मजदुरी गरिरहेका किशोरीहरु प्रशस्त देख्न सकिन्छ । यस तर्फ प्रदेश सरकारको मात्रै होईन स्थानिय सरकारको पनि ध्यान जान सकिरहेको पाईदैन ।

 

विजयकुमार साह÷ढल्केवर

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...