लमजुङमा ३२ घर उच्च जोखिममा



हाम्रो इकोनोमि

 

दोर्दीमा जमीन भासिएपछि खिमचोक गाउँका ३२ घर उच्च जोखिममा परेका छन् ।

निरन्तर वर्षात्का कारण एक साताअघि दोर्दी –८ खिञ्चोकस्थित खिञ्चोक–जल्गेनी सडक भासिएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । जिल्लाबाट प्राविधिकको टोलि स्थलगत अवलोकनका लागि गाउँ पुगेको थियो । प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा तत्कालका लागि ती घर स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

 

प्राविधिकको प्रतिवेदनका आधारमा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा रहेको बस्तीलाई तत्कालका लागि गाउँ नजीकै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

 

सडकसँगै अन्य जमीन पनि भासिन थालेपछि गाउँ नै जोखिममा परेको हो । जोखिममा रहेका स्थानीयवासीलाई तत्कालका लागि अस्थायी स्थानान्तरण गर्न लागिएको प्रमुखख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

 

बैठकबाट सम्बन्धित गाउँपालिकासँग समन्वय गरी आवश्यक राहत उपलब्ध गराइने निर्णय भएको प्रजिअ ढकालले बताउनुभयो । जोखिममा परेको बस्तीमा राहत तथा उचित व्यवस्थापनका लागि सहयोग गर्न सरोकार भएका सरकारी तथा गैरसरकारी निकायलाई पनि आग्रह गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...