लमजुङमा ३२ घर उच्च जोखिममा



हाम्रो इकोनोमि

 

दोर्दीमा जमीन भासिएपछि खिमचोक गाउँका ३२ घर उच्च जोखिममा परेका छन् ।

निरन्तर वर्षात्का कारण एक साताअघि दोर्दी –८ खिञ्चोकस्थित खिञ्चोक–जल्गेनी सडक भासिएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । जिल्लाबाट प्राविधिकको टोलि स्थलगत अवलोकनका लागि गाउँ पुगेको थियो । प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा तत्कालका लागि ती घर स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

 

प्राविधिकको प्रतिवेदनका आधारमा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा रहेको बस्तीलाई तत्कालका लागि गाउँ नजीकै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

 

सडकसँगै अन्य जमीन पनि भासिन थालेपछि गाउँ नै जोखिममा परेको हो । जोखिममा रहेका स्थानीयवासीलाई तत्कालका लागि अस्थायी स्थानान्तरण गर्न लागिएको प्रमुखख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

 

बैठकबाट सम्बन्धित गाउँपालिकासँग समन्वय गरी आवश्यक राहत उपलब्ध गराइने निर्णय भएको प्रजिअ ढकालले बताउनुभयो । जोखिममा परेको बस्तीमा राहत तथा उचित व्यवस्थापनका लागि सहयोग गर्न सरोकार भएका सरकारी तथा गैरसरकारी निकायलाई पनि आग्रह गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...