निजामती कर्मचारीको आधिकारिक बाहेक अन्य ट्रेड युनियन खारेज गरिन्छ : मन्त्री पण्डित



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको एकमात्र आधिकारिक ट्रेड युनियन मात्र रहने भन्दै अन्य ट्रेड युनियन खारेज गरिने समेत बताएका छन्  । बुधबार मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गदै उनले कर्मचारीतन्त्रमा काम नगर्ने प्रवृति रहेको भन्दै त्यस्ता कर्मचारीलाई कारवाही गरिने जानकारी गराए  ।

 

मन्त्री पण्डितले  पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताए।  तीनै तहको स्वीकृत दरबन्दीअनुसार पुस मसान्तसम्म कर्मचारी समायोजन हुने बताए।

 

सङ्घीय निजामती सेवा ऐन मन्त्रिपरिषद्बाट चाँडै लगेर संसद्बाट पारित गराएपछि समायोजनको काम शुरु हुने बताए , ‘‘संसद्बाट हामी चाँडै नै पास गराउने तयारीमा रहेका छौँ’’ उनले भने–‘‘यही संसद्बाट पारित गराउन ढिलाइ भएर संसद् नबसेको खण्डमा अध्यादेशमार्फत पनि ल्याउछौँ ।’’

 

मन्त्री पण्डितले प्रशासनका सुधार गर्न आफू प्रतिबद्ध रहेको भन्दै अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत नगरिने स्पष्ट पारे । ‘‘केही कर्मचारी आर्थिक लोभले अवकाशको समय पुग्न लाग्दा एक दिन पहिले राजीनामा दिने प्रचलन रहेको छ’’ उनले भने, ‘‘अब यस्तो व्यवस्थालाई निरुत्साहित गराइनेछ ।’’

 

स्थानीय तहमा पनि चाँडै नै सबै कर्मचारी पुग्ने भन्दै उनले शारीरिक रुपमा अशक्त र विशेष परिस्थितिका कर्मचारीलाई पायक पर्ने ठाउँमा सरुवा गरिने बताए । उनले संघको सेवा घटाउँदै प्रदेश र स्थानीय तहलाई बढी जिम्मेवार समेत बनाइनेछ भने।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...