ओली प्रचण्डलाई नारायणकाजीले ठाडै जवाफ दिए राजीनामा फिर्ता लिन्न



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले राजीनामा फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।

 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले गरेको आग्रहलाई उनले अस्वीकार गरेका हुन् ।

 

बैठकमा सहभागि एक सचिवालय सदस्यले, दुबै अध्यक्षबाट राजीनामा फिर्ता लिन प्रस्ताव आएको तर, नारायणकाजीले फिर्ता लिन मानेनन्, भने ।

 

बैठकमा श्रेष्ठले भनेका कुरा उल्लेख गर्दै ति सदस्यले भनेका छन्, ‘मैले स्वेच्छाले विना हिच्किचाहट राजीनामा दिएको हुँ । त्यसैले फिर्ता लिने कुरा भएन । सचिवालयले जे निर्णय गर्छ । ठिक छ । त्यसलाई म सम्मान गर्छु ।

 

तर, दिइसकेको राजीनामा फिर्ता लिन्न ।’ उनको अडानका कारण बैठकले केही निष्कर्ष निकाल्न सकेन ।
गएको साउन ७ गतेको सचिवालय बैठकमा डा. गोविन्द केसीलाई अनसनस्थलमै भेट्न गएको विषयमा अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेका थिए । श्रेष्ठले त्यसको जवाफमा प्रवक्ताबाटै राजीनामा दिएर हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...