ओली प्रचण्डलाई नारायणकाजीले ठाडै जवाफ दिए राजीनामा फिर्ता लिन्न



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले राजीनामा फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।

 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले गरेको आग्रहलाई उनले अस्वीकार गरेका हुन् ।

 

बैठकमा सहभागि एक सचिवालय सदस्यले, दुबै अध्यक्षबाट राजीनामा फिर्ता लिन प्रस्ताव आएको तर, नारायणकाजीले फिर्ता लिन मानेनन्, भने ।

 

बैठकमा श्रेष्ठले भनेका कुरा उल्लेख गर्दै ति सदस्यले भनेका छन्, ‘मैले स्वेच्छाले विना हिच्किचाहट राजीनामा दिएको हुँ । त्यसैले फिर्ता लिने कुरा भएन । सचिवालयले जे निर्णय गर्छ । ठिक छ । त्यसलाई म सम्मान गर्छु ।

 

तर, दिइसकेको राजीनामा फिर्ता लिन्न ।’ उनको अडानका कारण बैठकले केही निष्कर्ष निकाल्न सकेन ।
गएको साउन ७ गतेको सचिवालय बैठकमा डा. गोविन्द केसीलाई अनसनस्थलमै भेट्न गएको विषयमा अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेका थिए । श्रेष्ठले त्यसको जवाफमा प्रवक्ताबाटै राजीनामा दिएर हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...