एकल महिलाले गरिन् झुण्डिएर आत्महत्या



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका वडा नं.७ ढल्केवरमा एकल महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

ढल्केवरको पश्चिम चौकमा सिताराम महतोको घरभाडा लिएर होटल व्यवसाय गर्दै आएकी ४२ बर्षीया लक्ष्मी कुमारी लाम्गादे सुत्ने कोठामा पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक सरोज राईले बताए ।

उहाँले लाशको प्रकृति हेर्दा मंगलबार राती नै आत्महत्या गरेको हुनसक्ने भएपनि बुधबार बिहान १० बजे लास फेला परेको बताए ।

बिहान १० बजेसम्म पनि ति महिलाले पसल नखोलेको र ढोका भित्रबाट नै बन्द रहेकोले शंका लागि स्थानीय बासीले प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेका प्रहरीले ढोका फोडेर हेर्दा लक्ष्मीलाई झुण्डिएको अवस्था देखेका थिए ।

नीज महिलालाई के कति कारणले आत्महत्या गरेको खुल्न नसेको भएपनि श्रीमानबाट छुट्टएर बस्दै आएकी थिइन् ।

मृतक लक्ष्मीको लाशलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रनि राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...