एकल महिलाले गरिन् झुण्डिएर आत्महत्या



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका वडा नं.७ ढल्केवरमा एकल महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

ढल्केवरको पश्चिम चौकमा सिताराम महतोको घरभाडा लिएर होटल व्यवसाय गर्दै आएकी ४२ बर्षीया लक्ष्मी कुमारी लाम्गादे सुत्ने कोठामा पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक सरोज राईले बताए ।

उहाँले लाशको प्रकृति हेर्दा मंगलबार राती नै आत्महत्या गरेको हुनसक्ने भएपनि बुधबार बिहान १० बजे लास फेला परेको बताए ।

बिहान १० बजेसम्म पनि ति महिलाले पसल नखोलेको र ढोका भित्रबाट नै बन्द रहेकोले शंका लागि स्थानीय बासीले प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेका प्रहरीले ढोका फोडेर हेर्दा लक्ष्मीलाई झुण्डिएको अवस्था देखेका थिए ।

नीज महिलालाई के कति कारणले आत्महत्या गरेको खुल्न नसेको भएपनि श्रीमानबाट छुट्टएर बस्दै आएकी थिइन् ।

मृतक लक्ष्मीको लाशलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रनि राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...