एमबीबीएस विद्यार्थी सौरभ उप्रेतीको मृत्यु रहस्यमय,आत्महत्या नभई हत्या भएको आशंका



 

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी सौरभ उप्रेतीको मृत्युको विषय रहस्यमय बनेको भन्दै घटनाको सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउन आफन्तले माग गरेको छ ।

श्रावण १६ गते सुतेकै अवस्थामा कोठामै उनलाई एकाएक मृत अवस्था भेटिएपछि सौरभका आफन्तले उनले आत्महत्या नगरेको दाबी गर्दै उनको हत्या भएको दाबी गरेका छन् । पिडितले आज राजधानीस्थित सञ्चारकेन्द्र नेपालमा एक पत्रकार सम्मेलनको आयोजना गरि उनको शरीरमा निलडाम देखिएको, मृतकको घाँटीमा ल्यापटपको तार बेरिएकोे, नाक, कान, मुखबाट रगत बगेको र १ बजेसम्म सँगै अध्ययन गरि सुतेको साथीले समेत थाहा नपाएको बयान दिनुलगायतका कारणले गर्दा उनको हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य छानविन गर्न उनका आफन्तजन माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य कल्याणी खड्काले शंकास्पद हत्या जघन्य अपराध भएकाले यसको सत्यतथ्य पत्ता लगाई कडा कारबाही हुनुपर्ने बताउनुभयो । पछिल्लो समय समाजमा यस्ता खाले अपराधहरु बढ्दै गएकाले सरकारले यस्ता घटनाहरुमा कमी ल्याउनका लागि कुनै कसुर बाँकी राख्न नहुने धारणा राख्दै यो घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन आफूँले संसदमा समेत पहल गर्ने बताउनुभयो ।

यसैबीच कार्यक्रममा मृतककी बहिनी सोनु उप्रेतीले भावुक हुँदै आफ्नो दाजुको आत्महत्या नभई हत्या भएकाले दोषीलाई कारबाही हुनुपर्ने माग राखिन् । उनले आफ्नो दाजुको मृत्युको कारण पत्ता नलालेसम्म समवेदना समेत नदिने जनाउँदै यस घटनाको विषयमा कलेजले चासो नराख्नु दुःखद भएको बताइन् ।

यसैगरी मृतककी आमा गोपिनी सापकोटा९उप्रेती०ले एक न्यायपत्रमार्फत सौरव जेहेन्दार मेहनती भएका कारण सँधै छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थी हुन् । उनले २०६६ सालको एसएससी परिक्षामा पनि ९३ प्रतिशत ल्याउन सफल भएका सौरभले प्लस टुमा पनि छात्रबृत्तिमा अध्ययन गरेका थिए ।

 

त्यसैगरी एमविविएस अध्ययनका लागि नोबेल मेडिकल कलेज विराटनगरमा छात्रबृत्तिमा पढ्ने अवसर मिलेको भएपनि अध्ययनको अन्त्यतिर रहस्यमय मृत्युको खबरले आफ्नो परिवार ठुलो शोकमा डुबेको बताए । न्यायपत्रमा आफ्नो छोराको हत्या भएको भन्दै घटनाको वास्तविकता नखोजि सामान्य तरिबाट घटना र हत्यारा उम्काउन खोजेको आरोप उनले लगाएकी छिन् ।

यसबीच, सत्य तथ्य सहित यथासिघ्र घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायललाई सम्बन्धित कलेज, प्रहरी प्रसाशन हस्पिटललाई पटक पटक मौखिक अनुरोध गर्दा पनि ढिला भएकोले दवाव दिन आवस्यक भएको भन्दै श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले समेत भत्र्सना गरेको छ ।

 

 

यस्तो छ प्रेश विज्ञप्ती
मिति २०७५÷४÷२१
नोवेल मेडिकल कलेज बिराटनगरमा एम।वि।वि।एस् अन्तिम बर्षमा अध्ययनरत पिता श्री अर्जुन प्रसाद उप्रेति र माता श्री गोपिनि सापकोटा उप्रेतिका सुपुत्र श्रीकृष्ण प्रणामी समाजका सदस्य र देशकै होनहार युवा सौरभ उप्रेतिको मिति २०७५ श्रावण १६ गते राति बिराटनगर उपमहानगरपालिका स्थित नेत्र बहादुर कार्कीको घरमा डेरा गरी साथीसंगै बस्दै आएको, निज राति सुतेको अवस्थामा शंकास्पद मृत्यु भएको सन्दर्भमा घटना स्थलको प्रत्यक्ष अवलोकन गर्ने ब्यक्ति र फोटाहरु, मृतकको परिवारबाट प्राप्त जानकारी र घटना स्थलको प्रकृति अनुसार मृत्यु सामान्य अवस्थामा नभई हत्या नै भएको भनी अनुमान गर्ने पर्याप्त आधारहरु रहँदा रहदै पोष्टमार्टमको प्रतिवेदनका लागि धरान मेडिकल कलेज लगिएकोमा हाल सम्म पनि सत्य तथ्य बाहिर नआएकोले श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपाल यथाशिघ्र उक्त घटनाको वास्तविक सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायको जोडदार रुपमा ध्यान आकर्षण गराउँदछौं ।

सो मृत्यु सामान्यरुप्मा भएको नभई हत्या नै हो भनी अनुमान गर्न सकिने निम्न पर्याप्त आधार रहेका छन् ।

१। मृतकको घाँटीमा ल्यावटपको तार बेरिएको अवस्थामा पाईनु ।
२। मृतकको छाति, देब्रे करङ्ग लगायत शरिरका अन्य भागमा निलडाम देखिनु ।
३। नाक, कान, मुखबाट रगत बगेको अवस्थामा पाईनु ।
४। राती १ बजेसम्म अध्ययन गरी संगै सुतेको साथीले घटना भईसके पछि मात्र थाहा पाएको
जानकारी दिनु र निजलाई हाल सम्म पनि नियन्त्रणमा नलिनु । सोहि तलामा बस्ने घरधनीलाई
समेत यो विषयमा जानकारी नहुनु ।
५।सम्बन्धित घटनामा आफ्नो होनहार विद्यार्थिको शंकास्पद मृत्यु हुँदा कलेज प्रशासन मौन रहनु ।
६।२४ घण्टा भित्र बाहिर आउनुपर्ने पोष्टमार्टम रिपोर्ट ६ दिन वित्दा समेत सार्वजनिक नहुनु ।

उल्लेखित बुँदाहरुको आधारमा मृत्यु सामान्य नभई हत्या भएको पुष्टि हुने पर्याप्त आधार रहेको देखिएकोले सम्बन्धित प्रहरी प्रशासन, कलेज प्रशासन लगायत सम्बन्धित सबै निकायको ध्यान आकर्षण गराउँदै समय मै यस घटनाको सत्य तथ्य बाहिर ल्याउन सम्बन्धित निकायमा जोडदार माग गर्दै घटना लुकाउन दवाउन खोजियमा देशै भर शसक्त बिरोधका कार्यक्रम गर्न बाध्य हुने ब्यहोरा यसै बिज्ञप्ति मार्फत जानकारी गराउंछौं ।

अध्यक्ष                                                          अध्यक्ष                                                     अध्यक्ष
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल    श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल  श्रीकृष्ण प्रणामी बाईजुराज महलिा समिति नेपाल

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न