प्रधानन्यायाधीशमा दीपकराज जोशीको सिफारिस अस्वीकार गर्नुको कारण यसरी खुलाए प्रधानमन्त्री ओलीले



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशमा दीपकराज जोशीको सिफारिस र अस्वीकार गर्नुका कारण खुलाएका छन् । उनले न्यायपरिषद्बाट आएको सिफारिसलाई संवैधानिक परिषद्ले अघि बढाएको तर, सुनुवाईका क्रममा विवादहरु आएपछि अस्वीकार गर्ने निर्णयमा पुगेको बताएका छन् ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको बैठकमा पार्टी अध्यक्षसमेत रहेका ओलीले ‘अनुमोदन नगर्ने भनेर पठाएको होइन । केही कुरा आएपछि गर्न नमिल्ने जस्तो देखियो’ त्यसैले अस्वस्कार गरिएको प्रष्ट पारेका छन् ।

 

यस्तै प्रधानमन्त्री ओलीले कांग्रेस सरकारलाई जसरी हुन्छ असफल पार्नुपर्छ भनेर लागेको बताएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेस बेलाबेला उदण्ड ढंगले प्रस्तुत हुन थालेको उनको विश्लेषण थियो । कांग्रेस त्यसरी आउनुमा अन्तर्राष्ट्रिय आयामहरु पनि होलान् भन्दै पश्चिमाहरुतिर संकेत गरेका छन् ।

 

राष्ट्रियता र शान्ति सुरक्षालाई खलल र्पुयाउन सीके राउतलगायतका शक्तिहरु सक्रिय भएको पनि प्रधानमन्त्री ओलीको विश्लेषण रहेको छ । उनले भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध राम्रो भएको तर, प्रमुख विपक्षी दल कांग्रेस जसरी हुन्छ सरकारलाई असफल बनाउन योजनामा लागेको उनको दाबी थियो ।

 

यसैगरी सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारको छिमेकी मुलुकहरुसँग सम्बन्धबारे पनि नेताहरुलाई जानकारी गराएका छन् । पछिल्लो समय भारतसँग सम्बन्ध सुधार भएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पक्ष नेपाल र आफ्नो सरकारप्रति निकै उदार देखिएको उनको भनाइ छ ।

 

यद्यपि भारतको कांग्रेस लगायतका शक्तिले भने अहिले पनि विभिन्न बहानामा खेल्ने खोजेको उनले बताएका छन् । अर्को छिमेकी चीनसँग पनि सम्बन्ध राम्रो भएको प्रभानमन्त्री ओलीको भनाइ रहेको छ ।

 

नेताहरुका अनुसार बुधवारको बैठक प्रधानमन्त्रीको सम्वोधन पछि स्थगित भएको छ । बैठक भोली विहिवार फेरी बस्ने भएको छ । भोली फेरी बस्ने बैठकमा सांगठनिक विषयमा छलफल हुनेछ भने सरकारको कामकारबाहीको समीक्षा गर्न छिट्टै स्थायी कमिटी बैठक बोलाउने सम्भावना रहेको बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...