कांग्रेसको ग्रयाण्डडिजाइनमा सरकारलाई बदनाम गर्ने र संमृद्धि रोक्ने काम भईरहेको नेकपाको निश्कर्ष



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देसी बिदेसी प्रतिक्रियावादीले योजनाबद्ध रुपमै सरकारलाई बदनाम गर्ने प्रयास भइरहेको निश्कर्षनिकालेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कांग्रेसले भ्रष्टाचारी, माफियाखोरीको संरक्षण गर्दै संमृद्धि रोक्ने ग्रयाण्डडिजाइन अघि बढाएको ठहरसमेत गरेको छ ।

 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति, अन्तराष्ट्रिय सम्वन्ध र पार्टीका कामहरुको बारेमा बोल्नुभएको थियो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थिति, विदेश सम्वन्ध र पार्टी एकतापछिको अवस्थाका बारेमा ‘ब्रिफिङ’ दिनुभएको बताउनुभयो ।

 

सरकारले गरेका सकारात्मक कामहरुको वारेमा चर्चा नगरी योजनाबद्ध रुपमा नै सरकारलाई बदनाम गर्ने प्रयास भइरहेको, कांग्रेसलगायतका दलहरुले कम्युनिष्ट सरकार अधिनायकवादी भएको भन्दै अन्तराष्ट्रिय समुदायलाई भ्रमपारी समर्थन लिन खोजेको लगायतका बारेमा छलफल भएको थियो ।

 

सरकारले नेपालको विकास र समृद्धिमा दुबै छिमेकीहरुलाई साझेदार बनाउन सफल भएको भन्दै त्यसलाई समेत गलत प्रचार गर्न एकथरी लागेको बताइएको थियो । पार्टी एकतापछि तल्लो तहसम्म एकीकरण गर्न तयारी आवश्यक भएको र तोकिएका नेताहरुले त्यसलाई अघि बढाउनुपर्ने बारेमा पनि छलफल भएको थियो । सचिवालयको बैठक भोलि फेरी बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...