बालिका बलात्कार गर्ने यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

साढे तीन वर्षीया बालिकालाई बलात्कृत गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गरेको छ।

 

बलात्कृतमा परेकी बालिका भारतीय हुन्। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका(८ बद्रिघाटमा रहेकी ठूलीआमालाई परिवारसहित भेट्न आएकी बालिकालाई मंगलबार बिहान घर नजिकैका एक युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

 

छिमेकमा पाहुना हुन आएकी बालिकालाई १८ वर्षिया शैलेन्द्र राजभरले फकाएर घरमा लगि बलात्कार गरेको भट्टले जानकारी दिए। पीडाका कारण बालिका रुन थालेपछि घटना बाहिर आएको हो ।

भारतको महाराजगञ्ज निचलौल थाना सिसनैया गाउँ बस्ने बालिकाकी आमा दिदीलाई भेट्न आएकी थिइन्। पक्राउ परेका राजभरबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...