बालिका बलात्कार गर्ने यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

साढे तीन वर्षीया बालिकालाई बलात्कृत गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गरेको छ।

 

बलात्कृतमा परेकी बालिका भारतीय हुन्। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका(८ बद्रिघाटमा रहेकी ठूलीआमालाई परिवारसहित भेट्न आएकी बालिकालाई मंगलबार बिहान घर नजिकैका एक युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

 

छिमेकमा पाहुना हुन आएकी बालिकालाई १८ वर्षिया शैलेन्द्र राजभरले फकाएर घरमा लगि बलात्कार गरेको भट्टले जानकारी दिए। पीडाका कारण बालिका रुन थालेपछि घटना बाहिर आएको हो ।

भारतको महाराजगञ्ज निचलौल थाना सिसनैया गाउँ बस्ने बालिकाकी आमा दिदीलाई भेट्न आएकी थिइन्। पक्राउ परेका राजभरबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...