नेकपाको सचिवालय बैठक जारी,यस्तो आउदैछ निर्णय



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी बैठकमा भ्रातृ संगठनहरुको सांगठनिक एकता प्रक्रियाबारे छलफल हुने प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको साढे २ महिना बितिसक्दा पनि पार्टी भ्रातृ संगठनबीचको एकता प्रक्रिया अन्यौलमा परेको छ । सोहि अन्यौलता हटाउदै संगठानिक एकता प्रक्रियालाई गति दिने बिषयमा आजको बैठक केन्द्रित रहने नेताहरुले बताएका छन् ।

 

भ्रातृ संगठनबीचको एकताका लागि गठित कार्यदलले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएकोले त्यसमा बिलम्ब नहुने नेताहरुको भनाई छ । स्पष्ट मापदण्डका आधारमा भ्रातृ संगठनबीचको एकता प्रक्रियालाई टुङ्ग्यानकै लागी बैठक बस्न लागेको सचिवालय सदस्य झलनाथ खनालले बताए ।

 

तत्कालिन एमाले र माओवादी केन्द्रबीच गत जेठ ४ गते पार्टी एकता भएपनि जनवर्गीय तथा भ्रातृ संगठनको एकता प्रक्रिया भने कार्यविधि र नियमावली अभावमा रोकिएको थियो ।

 

केन्द्रदेखि स्थानीय तहसम्मको एकता भदौको पहिलो साताभित्र सक्ने गरी तयारी भइरहेको नेकपाले जानएको छ । त्यसका लागि तल्लो तहबाट सुझाव मागेको र सोही सुझावका आधारमा एकता गरिने नेताहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...