नेकपाको सचिवालय बैठक जारी,यस्तो आउदैछ निर्णय



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी बैठकमा भ्रातृ संगठनहरुको सांगठनिक एकता प्रक्रियाबारे छलफल हुने प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको साढे २ महिना बितिसक्दा पनि पार्टी भ्रातृ संगठनबीचको एकता प्रक्रिया अन्यौलमा परेको छ । सोहि अन्यौलता हटाउदै संगठानिक एकता प्रक्रियालाई गति दिने बिषयमा आजको बैठक केन्द्रित रहने नेताहरुले बताएका छन् ।

 

भ्रातृ संगठनबीचको एकताका लागि गठित कार्यदलले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएकोले त्यसमा बिलम्ब नहुने नेताहरुको भनाई छ । स्पष्ट मापदण्डका आधारमा भ्रातृ संगठनबीचको एकता प्रक्रियालाई टुङ्ग्यानकै लागी बैठक बस्न लागेको सचिवालय सदस्य झलनाथ खनालले बताए ।

 

तत्कालिन एमाले र माओवादी केन्द्रबीच गत जेठ ४ गते पार्टी एकता भएपनि जनवर्गीय तथा भ्रातृ संगठनको एकता प्रक्रिया भने कार्यविधि र नियमावली अभावमा रोकिएको थियो ।

 

केन्द्रदेखि स्थानीय तहसम्मको एकता भदौको पहिलो साताभित्र सक्ने गरी तयारी भइरहेको नेकपाले जानएको छ । त्यसका लागि तल्लो तहबाट सुझाव मागेको र सोही सुझावका आधारमा एकता गरिने नेताहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...