सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई बीमाबापत १० लाख दिने तयारी



हाम्रो इकोनोमि

 

तेस्रो पक्ष बीमा शतप्रतिशत बढाउने गरी तयारी शुरु गरिएको छ । ५ लाख रुपैयाँ रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गरी १० लाख रुपैयाँ बनाउन यातायात व्यवस्था विभागले योजना अघि सारेको हो ।

 

यातायात समितिहरू अस्तित्वमा नरहने भएपछि क्षतिपूर्ति रकम कम पाउने अवस्था आएको छ । त्यसै कारण सरकारले बीमाको प्रिमियम बढाएर क्षतिपूर्ति बढाउन लागिएको हो ।

 

सवारी दुर्घटनामा मृत्यु भए मृतकका परिवारलाई बीमा कम्पनीले हाल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ । ५ लाख रुपैयाँ बीमा रकम एकदमै कम भएको गुनासाहरु आएपछि विभागले यसलाई शतप्रतिशत बढाउने गरी तयारी शुरु गरेको हो ।

 

यसैगरी सवारी दुर्घटनामा घाइतको उपचारका लागि ३ लाख रुपैयाँ बीमा कम्पनीबाट वहन हुदै आएको छ । यसलाई समेत वृद्धि गर्नका विभागले बीमा कम्पनीबाट प्रस्ताव माग गरेको छ ।

 

विभागले बीमा रकमसहित प्रिमियिम शुल्क समेत के(कति रकमसम्म बढाउन सकिन्छ भनेर बीमा समितिसँग प्रस्ताव माग गरेको छ । विभागले बुधबार बीमा समितिसँग १५ दिनभित्र तेस्रो पक्ष बीमा रकम बढाउन प्रस्ताव माग गरेको प्रवक्ता तुलसीराम अर्यालले बताए । बीमा रकम बढेसँगै बीमा प्रिमियम पनि बढ्नेछ ।

 

‘प्रचलित बीमा सम्बन्धित व्यवस्थामा प्रिमियम र तेस्रो पक्ष बीमा वृद्धि हुने रकम खुलाई प्रस्ताव पेश सूचना जारी गरिएको छ’, प्रवक्ता अर्यालले भने, ‘बीमा समितिले प्रस्ताव गरेपछि कति बढाउने भन्ने निर्णय हुन्छ ।’

 

सिण्डिकेट अन्त्य भइसकेपछि यातायात क्षेत्र सुधारको बीमा रकम बढाउन लागिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...