हेटौँडाको ओम्याक्स सिनेमा हलमा आगलागी



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर ३ को राजधानी सहर हेटौंडा उपमहानगरपालिकास्थित एउटा सिनेमा हलमा आगलागी भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो ।

 

बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ ।

 

घटनास्थलमा पुगेको प्रहरीको टोलील हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।

 

ओम्याक्स सिनेमा हलमा लागेको आगो निभाउन बाराको अमलेखगञ्जबाट दकमल मगाइएको छ । हैटौँडामा रहेको एक मात्र दमकलले आगो निभाउन नसकेपछि अमलेखगञ्जबाट अर्को दमकल मगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हलबाट अझै धुवाँको मुस्लो निस्किरहेकाले आगो निभाउन अग्निनियन्त्रकलार्इ कठिन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...