हेटौँडाको ओम्याक्स सिनेमा हलमा आगलागी



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर ३ को राजधानी सहर हेटौंडा उपमहानगरपालिकास्थित एउटा सिनेमा हलमा आगलागी भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो ।

 

बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ ।

 

घटनास्थलमा पुगेको प्रहरीको टोलील हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।

 

ओम्याक्स सिनेमा हलमा लागेको आगो निभाउन बाराको अमलेखगञ्जबाट दकमल मगाइएको छ । हैटौँडामा रहेको एक मात्र दमकलले आगो निभाउन नसकेपछि अमलेखगञ्जबाट अर्को दमकल मगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हलबाट अझै धुवाँको मुस्लो निस्किरहेकाले आगो निभाउन अग्निनियन्त्रकलार्इ कठिन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...