युवा संघ र वाईसियल एकताः कार्यदलमा सहमति नजुटे नेतृत्वले छान्ने



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ संस्था युवा र विद्यार्थी संगठनको एकतामा अन्तिम चरणमा पुगेको छ ।  युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपालको एकतापछिको नाम र नेतृत्वबाहेक सबै कुरा मिलिसकेको एकता कार्यदलका सदस्य तथा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

 

‘‘कार्यदलमा नाम र नेतृत्वका बारेमा सहमति गर्नका लागि हामी प्रयासरत रहेका छाँ’’, उनले भने, ‘‘यदि कार्यदलमा सहमति हुन नसके हामी पार्टी नेतृत्वबाट नै सहमति गर्नेछौँ ।’’दुवै संगठनले नेतृत्वका लागि दावी गरिरहेका छन् ।
उनले आगामी भदौ ५ गते एकता गर्ने गरी कार्यदलको प्रतिवेदन शुक्रबार पार्टी महासचिवलाई बुझाइने बताए ।

 

उनका अनुसार संगठनको नाम युवा कम्युनिष्ट लिग नेपाल वा समाजवादी कम्युनिष्ट युवा नेपाल वा नेपाली युवा फेडेरेशन वा नेपाल समाजवादी युवा संघ प्रस्ताव गरिएको छ ।
यसैगरी नयाँ बन्ने केन्द्रीय कार्यसमिति १९९ सदस्यीय रहने गरी विधान टुङ्ग्याइएको उनले जानकारी दिए । कार्यसमितिमा संयोजक, सहसंयोजक, नौ सदस्यीय स्थायी कमिटी र केन्द्रीय कमिटीको एक तिहाइ सचिवालय रहनेछन् ।

 

यसैगरी अर्को भ्रातृ सङ्गठन विद्यार्थीको पनि एकता अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले विधान मस्यौदा, संगठन समायोजन र राजनीतिक शैक्षिक कार्यदिशा उपसमितिले एकताका लागि प्रतिवेदनलाई अन्तिम रुप दिन थालेका छन् ।

 

अनेरास्ववियू र क्रान्तिकारीले पनि अन्य विषयमा सहमति गरे पनि नेतृत्व र नामका विषयमा अझै टुङ्ग्याएका छैनन् । नेतृत्व र नाम दुवै पक्षले आआफ्नो नाम राख्ने अडानमा रहेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटी १९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।
दुवै संगठन समायोजन हुँदा भने ४९९ जनाको केन्द्रीय कमिटीको नाम प्रस्ताव गरिएको छ । उनले भदौ २५ गतेसम्म

 

सबै काम टुङ्ग्याएर पार्टीलाई प्रतिवेदन बुझाइने जानकारी दिए ।
गत जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र )बीच पार्टी एकता भएको थियो । सबभन्दा पहिले दुवै पार्टीका इञ्जिनीयरहरुको सङ्गठनको पहिलो पटक एकता भएको हो ।
पार्टीले भदौ १५ भित्र सबै भ्रातृ सङ्गठनको एकता सक्ने गरी सबै कार्यदललाई निर्देशन दिइसकेको छ । कार्यदलमा दुवै पार्टीका भ्रातृ संगठनका इञ्जार्च र अध्यक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
बिदाको दिनपनि सर्वोच्चमा सुनुवाई

    सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा खुला रहने भएको छ...

रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान

  चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान...