अमेरिका पठाई दिने भन्दै २५ लाख ठगी गरेको आरोपमा कांग्रेसका पूर्व सांसद विश्वकर्मा पक्राउ



हाम्रो इकोनोमि

 

युवालाई अमेरिकाको सपना देखाउँदै ठगी गरेको आरोपमा एक पूर्व सांसद पक्राउपछि हिरासतमा थुनिएका छन् ।

अमेरिका पठाई दिने भन्दै दुई व्यक्तिसँग ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाली कांग्रेसका पूर्व सांसद मीठाराम विश्वकर्मालाई वैदेशिक रोजगार विभागले पक्राउ गरेर हिरासतमा राखेको हो । विश्वकर्माले पर्वतका ज्ञानेन्द्रबहादुर जोशी र सोही ठाउँका सञ्जय जोशीसँग पटक–पटक गरी अमेरिका पठाई दिन्छु भन्दै ८ लाख रुपँयौ ठगेको उजुरी परेको विभागले जानकारी दिएको छ ।

 

रोजगारीको प्रलोभन देखाई युवालाई ठगी गरेकोमा विभागले उनलाई ४ लाख जरिवाना समेत तोकेको छ । अमेरिका नपठाएपछि पीडितले विश्वकर्मका नाममा विभागमा गत हप्ता उजुरी दर्ता गराएको विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले जानकारी दिएका छन् । पीडितले दिएको उजुरीको आधारमा विश्वकर्मालाई प्रहरीको सहयोगमा पक्राउ गरेको उनको भनाइ छ ।

 

विश्वकर्माको ठगी मुद्दा यही साता वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता हुने विभागले जानकारी दिएको छ । नेपाली कांग्रेसका पर्वत जिल्लाका सांसद तथा अन्तरिम व्यवस्थापिका संसदको सदस्य समेत रहेका विश्वकर्मा ४ हप्तादेखि ठगीको मुद्दामा विभागको हिरासतमा छन् । उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पर्वतबाट समानुपातिकबाट चुनिएका थिए । उनले यो भन्दा अगाडि पनि अमेरिका पठाई दिन्छु भन्दै केही युवाबाट २५ लाखभन्दा बढी नगद ठगी गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...