अमेरिका पठाई दिने भन्दै २५ लाख ठगी गरेको आरोपमा कांग्रेसका पूर्व सांसद विश्वकर्मा पक्राउ



हाम्रो इकोनोमि

 

युवालाई अमेरिकाको सपना देखाउँदै ठगी गरेको आरोपमा एक पूर्व सांसद पक्राउपछि हिरासतमा थुनिएका छन् ।

अमेरिका पठाई दिने भन्दै दुई व्यक्तिसँग ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाली कांग्रेसका पूर्व सांसद मीठाराम विश्वकर्मालाई वैदेशिक रोजगार विभागले पक्राउ गरेर हिरासतमा राखेको हो । विश्वकर्माले पर्वतका ज्ञानेन्द्रबहादुर जोशी र सोही ठाउँका सञ्जय जोशीसँग पटक–पटक गरी अमेरिका पठाई दिन्छु भन्दै ८ लाख रुपँयौ ठगेको उजुरी परेको विभागले जानकारी दिएको छ ।

 

रोजगारीको प्रलोभन देखाई युवालाई ठगी गरेकोमा विभागले उनलाई ४ लाख जरिवाना समेत तोकेको छ । अमेरिका नपठाएपछि पीडितले विश्वकर्मका नाममा विभागमा गत हप्ता उजुरी दर्ता गराएको विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले जानकारी दिएका छन् । पीडितले दिएको उजुरीको आधारमा विश्वकर्मालाई प्रहरीको सहयोगमा पक्राउ गरेको उनको भनाइ छ ।

 

विश्वकर्माको ठगी मुद्दा यही साता वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता हुने विभागले जानकारी दिएको छ । नेपाली कांग्रेसका पर्वत जिल्लाका सांसद तथा अन्तरिम व्यवस्थापिका संसदको सदस्य समेत रहेका विश्वकर्मा ४ हप्तादेखि ठगीको मुद्दामा विभागको हिरासतमा छन् । उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पर्वतबाट समानुपातिकबाट चुनिएका थिए । उनले यो भन्दा अगाडि पनि अमेरिका पठाई दिन्छु भन्दै केही युवाबाट २५ लाखभन्दा बढी नगद ठगी गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...