दिपायलमा राजधानीको माग गर्दै धनगढीमा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् ।

 

पहिलेको क्षेत्रीय सदरमुकाम रहेको दिपायलका बासिन्दाले राजधानीको माग गर्दै अहिले अस्थायी राजधानी रहेको धनगढीमा आएर प्रदर्शन गरेका हुन् ।

 

यसअघि राजधानीकै लागि लगातार ६४ दिनसम्म डोटीमा आन्दोलन गरेको सघर्ष समिति, प्रदेश राजधानी र नामका बारेमा प्रदेश सभामा प्रक्रिया अघि बढेसँगै धनगढी पुगेको हो ।

 

उक्त समितिले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुन बहादुर थापालाई भेटेर डोटीको दिपायलमा राजधानी तोक्न माग गर्दै ज्ञापन बुझाएको छ ।

 

संघर्ष समितिका सयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का लगायतको टोलीले ज्ञापनपत्र बुझाउदै भौगोलिक अनुकुलता, ऐतिहासिक गौरव, भाषिक तथा सास्कृतिक पहिचान, पहाडी क्षेत्रको जनसख्या, भौतिक पूर्वाधार र सुरक्षा तथा सामरिक महत्वलाई ध्यान दिदै पहाडमा राजधानी तोक्न दवाव दिएको जनाएको छ ।

 

यसअघि पनि उक्त समितिले ६४ दिन डोटीमा आन्दालन गरेको थियो । तर सरकारले धनगढीलाई अस्थायी राजधानी तोकेको थियो ।

 

साउन १४ गतेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी र नामाकरणका विषयमा सुझाव सकलन गर्न समिति गठन गरेसँगै समिति फेरि सक्रिय भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...